‘गिभ मि दिस माउन्टेन समिट २०१८'तीन दिने शिखर सम्मेलन राजधानीमा शुरु

turahi-news

कुमारसिंह विष्ट । ९ असोज ०७५ । काठमाडौं । नेपाल ख्रीष्टियान समाज (एनसीएस) र नेपाल राष्ट्रिय मण्डली संगती (एनसीएफ) नेपालको संयुक्त आयोजना र ग्लोबल चर्च नेटवर्कसँगको संयोजनमा राजधानी काठमाडौंमा आज मंगलबार ‘गिभ मि दिस माउन्टेन समिट २०१८ ’ शिखर सम्मेलन शुरु भएको छ । आज मंलगबार शुरु भएको शिखर सम्मेलन विहीबारसम्म संचालन हुनेछ । 
‘गिभ मि दिस माउन्टेन समिट २०१८’ शिखर सम्मेलनलाई 'एसेम्बलीज् अफ् गड् नेपाल' का अध्यक्ष रेभ पास्टर जोशेफ श्रेष्ठले शुरुको प्रार्थना गरेर सम्मेलनको समुद्घाटन भएको थियो ।
आयोजक समितिका संयोजक पास्टर विश्व देव खड्काले अन्तराष्ट्रिय वक्ताहरुलाई परिचय गराउनु भयो भने एनसीएफ नेपालका अध्यक्ष रेभ हनोक तामाङले सम्मेलनमा देशभरबाट पाल्नु भएका करिव १४सय वढि पास्टरअगुवाहरुलाई स्वागत गर्नु भयो भने आयोजक समितिका अर्का संयोजक रेभ पास्टर मुकुन्द शर्माले कुशलरुपमा पहिलो दिनको सम्मेलनलाई संचालन गर्नुभयो ।
 
आजको पहिलो दिनको सम्मेलनमा ग्लोबल चर्च नेटवर्कका प्रमुख डा.जेम्स व डेभिसले गिभ मि दिश माउन्टेन विषयमा वचनबाट प्रचार गर्नुभई सहभागीहरुलाई उत्साहीत पार्नुभयो भने सम्मेलनका संयोजक पास्टर विश्व देव खड्काले ‘गिभ मि दिश माउन्टेन समिट २०१८ ’ शिखर सम्मेलनको दर्शनका वारेमा सहभागीहरुलाई प्रकाश पार्नुभयो ।
त्यसैगरि आजको शेसनमा रेभ पास्टर टेक दाहालले स्वस्थ मण्डली र अगुवा विषयमा प्रचार गर्नुभयो भने अन्तराष्ट्रिय वक्ता रेभ डेविड सोब्रेपेनाले अझ महान कुरा भन्ने विषयमा प्रभावकारीरुपमा प्रचार गर्नुभयो । त्यसैगरि रेभ पास्टर दिलिप क्षेत्रीले बाइबलिय चर्च अगुवापन र इमान्दारिता विषयमा सिकाउनु भयो । शिखर सम्मेलनमा देशभरका सातै प्रदेशबाट १ हजार ५ सयको संख्यामा पास्टरअगुवाहरु सहभागी भएका छन् । 
 
आजको पहिलो शेसनलाई रेभ मुकुन्द शर्माले कुशलतासाथ संचालन गर्नुभयो भने पास्टर शमूएल कार्थकले आराधनामा अगुवाई गर्नुभयो । त्यसैगरि प्रसुन चर्चका यूवाहरुले सामूहिक नृत्य प्रस्तुत गर्नुभयो ।
आजको पहिलो शेसनलाई रेभ मुकुन्द शर्माले कुशलतासाथ संचालन गर्नुभयो भने पास्टर शमूएल कार्थकले आराधनामा अगुवाई गर्नुभयो ।
 
सम्मेलन उद्घाटनकैक्रममा आयोजकले एसम्लीज् अफ गड नेपालका अध्यक्ष रेभ पास्टर जोशेफ श्रेष्ठ, एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ, रेभ पास्टर सिमोन पाण्डे, ,रेभ मुकुन्द शर्मा, रेभ पास्टर दिलिप क्षेत्री, रेभ सुन्दर थापा, रेभ टंक सुवेदी, रेभ हर्कबहादुर खड्का, पास्टर राजेन्द्र मल्ल,रेभ वर्णवास श्रेष्ठ, पास्टर बिरबहादुर तामाङ,पास्टर पावल वस्नेत, रेभ.टेक दाहाल, रेभ शमूएलडन  कार्थक, रेभ डिल्ली सुब्बा, रेभ डिल्लीराम पौडेललगायतकाहरुलाई खादा लगाएर स्वागत गरियो । त्यसैगरि ग्लोबल चर्च नेटवर्कका प्रमुख रेभ डा.जेम्स व डेभिस लगायत विदेशी वक्ताहरुलाई पनि खादा लगाएर स्वागत तथा सम्मान गरियो ।