Flash News

एनसीएस नेपालद्धारा डडेलधुरा र कैलालीमा पैरवी कार्यक्रम

turahi-news

तुरही न्यूज । ५ असोज । काठमाडौं । नेपाल ख्रीष्टियान समाजद्धारा धार्मिक स्वतन्त्रता, मानव अधिकार र समाज कल्याण सम्बन्धमा देशका विभिन्न तीन जिल्लामा पैरवी कार्यक्रम संचालन भएका छन् । 
एनसीएस नेपालले धार्मिक स्वतन्त्रता,  मानव अधिकार  र समाज कल्याण सम्बन्धमा यही असोज २ गते डडेल्धुरामा ७ जिल्लाबाट ५६ जना पास्टर तथा अगुवाजनहरुलाई समेटी कार्यशाला सम्पन्न गरेको छ । 
त्यसैगरि उसले यही असोज ३ गतेका दिन धनगढीको साथी होटलमा धार्मिक स्वतन्त्रता,  मानव अधिकार  र समाज कल्याण सम्बन्धमा पैरवी कार्यक्रम सम्पन्न गरेको छ । जहाँ त्यस जिल्लाका चर्चका पास्टरअगुवाहरु, राजनीतिक क्षेत्रका विशेष अगुवाहरु  र ९ जना प्रादेशिक संसदहरुको पनि सहभागीता रहेको थियो । 
त्यसैगरि असोज ४ गते टीकापुरमा टिकापुर ख्रीष्टियन एकता समाजले आयोजनामा एक आत्मिक सम्मेलनमा धार्मिक स्वतन्त्रता,  मानव अधिकार  र समाज कल्याण सम्बन्धमा पैरवी कार्यक्रम सम्पन्न भएको छ । जसमा स्थानीय चर्चका १५६ जना अगुावहरु सहभागी थिए । आयोजकले उक्त पैरवीको लागि एनसीएसलाई २ घण्टाको समय प्रदान गरेको थियो 
तीनै वटै पैरवी कार्यक्रममा रेभ पास्टर मुकुन्द शर्मा, रेभ पास्टर डिल्लीराम पौडेल र पास्टर वि.पी.खनालले धार्मिक स्वतन्त्रता, मानव अधिकार र समाजक कल्याण विषयमा प्रशिक्षण दिनुभएको थियो ।