‘ गिभ मि दिस माउन्टेन समिट २०१८ ’ को दोस्रो दिन

turahi-news

 
तुरही न्यूज । १० असोज ०७५ । काठमाडाौं । हिजो मंगलबारबाट शुरु भएको ‘गिभ मि दिस माउन्टेन समिट २०१८’ आज दोस्रो दिन पनि निकै आशिष्मय प्रकारले सम्पन्न भएको छ । सम्मेलन भोली विहीबार साँझ समापन हुने छ । 
 
एनसिएफ नेपाल र एनसिएस नेपालको संयुक्त आयोजनामा राजधानीको नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चमा तीन दिने ‘गिभ मि दिस माउन्टेन समिट २०१८’ शिखर सम्मेलन संचालन भइ रहेको छ । आज सम्मेलनको दोस्रो दिन पनि विविध वचनको सेवकाइ गरि आजको कार्यक्रम सम्पन्न भएको छ । 
 
सम्मेलनको दोस्रो दिनमा पास्टर शमूएल कार्थक तथा उहाँको संगीत झुण्डले आराधनामा अगुवाइ गरेको थियो भने सम्मेलनको पहिलो कार्यक्रम धार्मिक चौतारी नेपालका अध्यक्ष तथा धार्मिक स्वतन्त्रता अभियन्ता पास्टर टंक सुवेदीले धार्मिक स्वतन्त्रताको विषयमा सिकाउनु भयो । 
 
त्यसक्रममा उहाँले नेपालको संविधानमा उल्लेख भएको धार्मिक स्वतन्त्रता र गत भदौ महिनादेखि नेपाल सरकारले लागू गरेको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद ९ मा उल्लेख भएको धर्म सम्बन्धी कसुरको व्यवस्थामा उल्लेख भएको कानुनी प्रावधानका बारेमा प्रकाश पार्नु भयो । उहाँले अहिलेको कानुन अनुरुप मण्डलीले कसरी सुसमाचारको काम गर्न सकिन्छ भन्ने कुरामा पनि अर्थपूर्ण बीचार सुझाउनु भयो ।
 
सम्मेलनमा अन्तराष्ट्रिय वक्ता तथा अमेरिकास्थित लिबर्टि यूनिभर्सिटीका को–फाउण्डर डा.इल्मर टोन्सले  ‘कास्टिङ भिजन’ र ‘मोबिलाइजिङ लिडर्स’का बारेमा वचन प्रचार गर्नुभयो । उहाँले त्यसक्रममा फेथ विषयमा पाँच वटा बुँदागत कुरालाई उल्लेख गर्नुभयो । त्यसैगरि उहाँले ‘माउन्टेन मुभिङ मिराकल’ विषयमा पनि प्रभावकारीरुपमा सिकाउनु भयो ।
अर्का अन्तराष्ट्रिय वक्ता तथा ग्लोबल चर्च नेटवर्कका अन्तराष्ट्रिय संयोजक रेभ डा.जेम्स वो डेभिसले ‘नेटवर्किङ द हिमालयन्स’ विषयमा सिकाउनु भयो ।
 
त्यसैगरि अर्का अन्तराष्ट्रिय वक्ता रेभ डा. डेविड रिभ्स्ले ‘चर्च सेन्ट्रिक बाइबल ट्रान्सलेसन’ विषयमा सिकाउनु भयो । एसेम्बलीज् अफ गड् नेपालका अध्यक्ष तथा रेभ पास्टर जोशेफ श्रेष्ठ र डा.बालकृष्ण शर्माले मिशन एण्ड इभान्जलिज्म विषयमा प्रभावकारीरुपमा सिकाउनु भयो ।
 
सम्मेलनमा अर्का अन्तराष्ट्रिय वक्ता रेभ डा.डेविड सोब्रिपेनाले ‘नेसनवाइड चर्च प्लान्टिङ’ विषयमा सहभागीहरुलाई सिकाउनु भयो । रेभ पास्टर सिमोन पाण्डले मण्डली स्थापनामा अगुवाहरुले भूमिका विषयमा वोल्नु भयो । 
 
आजको दोस्रो दिनको सेसनमा सम्मेलनका संयोजक रेभ मुकुन्द शर्मा, आयोजक समितिका सदस्य रेभ पास्टर हिमाल राई र आयोजक समितिका सदस्य पास्टर राजेन्द्र मल्लले कार्यक्रमलाई संचालन गर्नुभयो ।
 
अन्तराष्ट्रिय वक्ताहरुकोे प्रचारलाई रेभ डा.बालकृष्ण शर्मा,सुभाष प्रधान र रेभ पास्टर डिल्लीराम पौडेलले नेपालीमा उल्था गर्नु थियो । हिजो र आजको सम्मेलनमा वक्ताहरुले प्रचार गर्नुभएको सामग्रीलाई चर्च स्थापना गर्नमा निकै ठूलो सहयोग पुग्ने देशका सातै प्रदेशबाटका सहभागी पास्टरअगुवाहरुले तुरहीसँग प्रतिक्रिया दिनुभयो ।
 
सम्मेलनमा सहभागी कंचनपुर जिल्लाका ८० वर्षिय पास्टर कामसिंह तामाङले सम्मेलनमा देशका विभिन्न चर्च समूह र सम्प्रदायका पास्टरअगुवाहरु संयुक्तरुपमा सम्मेलनको आयोजना गरेर आफू निकै हर्षित भएको अनुभव सुनाउनु भयो । उहाँले आफ्नो ४० वर्ष अघिको ईच्छा यो सम्मेलनमा देख्न पाएकोमा आयोजक समितिका सम्पूर्ण पास्टरअगुवाहरुलाई धन्यवाद दिनुभयो । उहाँले यो सम्मेलन ऐतिहासिक भएको दावी गर्नुभयो । उहाँले यस्ता खालका राष्ट्रिय सम्मेलनको आयोजनाले नेपालका चर्चहरु एकीकृत हुनमा ठूलो सहयोग पुग्ने विश्वास लिनुभयो । 
 
अन्तराष्ट्रिय वक्ता डा.इल्मर टोन्सलाई आजै विदाई
 
‘गिभ मि दिस माउन्टेन समिट २०१८’ शिखर सम्मेलनमा विशेष वक्ताकारुपमा अमेरिकादेखि नेपाल आउनु भएका वक्ता तथा अमेरिकास्थित लिबर्टि युनिभर्सिटीका  सहसंस्थापक डा.इल्मर टोन्सलाई आजै विदाई गरिएको छ ।
‘गिभ मि दिस माउन्टेन समिट २०१८’ आयोजक समितिका अध्यक्ष रेभ सूर्यबहादुर बल तामाङले सम्मेलनको दोस्रो दिनको अपराह्नमा उहाँलाई प्रशंसा पत्र प्रदान गरि विदाई गर्नुभएको हो । सम्मेलनका संयोजकद्धय पास्टर विश्वदेव खड्का र रेभ पास्टर मुकुन्द शर्माले अध्यक्ष तामाङलाई प्रशंसा पत्र प्रदान गरेपछि तामाङले डा.इल्मर टोन्सलाई उक्त प्रशंसा पत्र प्रदान गर्नुभयो ।
‘गिभ मि दिस माउन्टेन समिट २०१८’ शिखर सम्मेलनको मुख्य वक्ताकोरुपमा उहाँ अमेरिकादेखि नेपाल आउनु भएको हो । भोली विहीबार नै  डा.इल्मर टोन्स अमेरिका प्रस्थान गर्दैहुनुहुन्छ ।