Flash News

लिबर्टी यूनिभर्सिटीका सह–संस्थापक डा.टाउन्स नेपालमा

turahi-news

तुरही न्यूज । काठमाडौं । अमेरिकाको भर्जिनियास्थित लिबर्टी यूनिभर्सिटीका सह–संस्थापक तथा लेखक डा.इलमेर टाउन्स नेपाल आएका छन् । उनी एनसीएफ नेपाल र एनसीएस नेपालले संयुक्तरुपमा आयोजना गरेको तीन दिने ‘गिभ मि दिस माउन्टेन २०१८’ शिखर सम्मेलनको प्रमुख वक्ताकोरुपमा नेपाल आएका छन् । 
 
यही मंगलबारदेखि राजधानीको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डलीमा आयोजना भएको तीन दिने शिखर सम्मेलनमा वचन बाँड्नको लागि नेपाल आएका हुन् । शिखर सम्मेलनको तालिका अनुसार उनी सम्मेलनको दोस्रो दिन दुई सेसन मात्र बोलेका हुन् । उनलाई सम्मेलन आयोजक समितिले समारोहमा बिदाई समेत गरेको छ । उनी भोली बिहीबार अमेरिका प्रस्थान गर्ने कुरा सम्मेलनका संयोजक रेभ पास्टर मुकुन्द शर्माले बताउनु भयो ।
 
लिबर्टी यूनिभसिर्टी संसारको सवैभन्दा ठूलो निजी श्रोतमा संचालित नाफारहित विश्वविद्यालय हो । यो विश्वविद्यायमा संसारभरका लाखौ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।
८० वर्षिय डा.टाउन्सले हालसम्म १७० पुस्तक लेखि सकेका छन् । उनका प्रकाशित ८ पुस्तकहरु वल्र्डको बेस्ट सेलिङ लिष्टमा परिसेकेका छन् ।