तीन दिने 'गिभ मि दिस माउन्टेन समिट २०१८' शिखर सम्मेलन सम्पन्न

turahi-news

१२ असोज ०७५ । काठमाडौं । एनसीएस नेपाल र एनसीएफ नेपालको संयुक्त आयोजनामा तीन दिने 'गिभ मि दिस माउन्टेन समिट २०१८' शिखर सम्मेलन सम्पन्न भएको छ । राजधानीको ज्ञानेश्वर चर्चमा गत मंगलबारबाट शुरु भएको सम्मेलन हिजो विहीबार सम्पन्न भएको हो । 
सम्मेलनमा देशभरका सातै प्रदेशका विभिन्नन चर्च सम्प्रदाय र चर्च समूहका करिव १५ सय पास्टरअगुवाहरु सहभागी भएका थिए । गिभ मि दिस माउन्टेन थिममा अन्तराष्ट्रिय वक्ता तथा ग्लोबल चर्च नेटवर्कका अन्तराष्ट्रिय संयोजक डा.डेविड वो डेभिस् र अर्का अन्तराष्ट्रिय वक्ता रेभ डेविड सोब्रेपीनाले तीन दिनसम्म विभिन्न विषयमा पास्टरअगुवाहरुलाई सिकाउनु भयो ।
सम्मेलनमा ग्लोबल चर्च नेटवर्कका अन्तराष्ट्रिय संयोजक डा.डेविड वो डेभिस्ले गिभ मि दिस माउन्टेन सम्वन्धमा भिजन कास्टिङ गर्नुभयो । त्यसैगरी पास्टर टेक दाहाल, पास्टर सुन्दर थापा, पास्टर दिलिप क्षेत्री, रेभ पास्टर जोशेफ श्रेष्ठ, रेभ डा.बालकृष्ण शर्मा,रेभ पास्टर सिमोन पाण्डे, रेभ पास्टर रोबर्ट कार्थक, रेभ पास्टर टंक सुवेदी, रेभ पास्टरर हनोक तामाङ (सूर्यबहादुर बल) लगायतकाहरुले पनि विभिन्न विषयमा प्रचार गनुभयो । 
 
त्यसैगरि सम्मेलनको अर्को सुन्दर पक्षचाहिँ देशभरका सातै प्रदेशका विभिन्न चर्च समूह र चर्च सम्प्रदायबाटका पास्टरअगुवाहरु एकसाथ एकै स्थानमा एकै उद्देश्यमा भेला भएका थिए । कचंनपुरका ८० वर्षिय पास्टर कामसिंह तामाङले मेरो ४० वर्षदेखिको प्रार्थना यही थियो की देशभरका सवै सम्प्रदायका पास्टरअगुवाहरु एकसाथ भेला भएर संगै संगती गर्ने आज त्यो पूरा भएको छ । जीवनको उत्तारर्धमा पुगेका पास्टर तामाङले लामो समयदेखि परमेश्वरसँगकोे आफ्नो अन्तिम ईच्छा यही आज पूरा भएकोमा आयोजक समितिका पास्टरअगुवाहरुलार्ई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
 
सम्मेलन रेभ हनोक तामाङको अध्यक्षतामा रेभ पास्टर मुकुन्द शर्मा र रेभ पास्टर विश्वदेव खड्काको संयोजनमा सम्पन्न भएको थियो ।