अष्ट्रेलियामा दुई दिने फस्ट रिभाइवल सेमिनार हुने

turahi-news

तुरही न्यूज । २८ सेप्तेम्बर ०१८ । काठमाडौं । होर्बट नेपाली चर्चको आयोजनामा अष्टे्रलियाको पोटरी रोड लेना भ्याली (होबर्ट तासमन्जामा) दुई दिने ‘फस्ट रिभाइवल कन्फ्रेन्स’ (पहिलो जागृती सम्मेलन) आयोजना हुने भएको छ । सम्मेलन यही सेप्टेम्बर २९देखि ३० तारिखसम्म दुई दिनको लागि आयोजना हुने समाचार श्रोतले जनाएको छ ।
 
अष्ट्रलियाबाट इसाक राईले तुरहीलाई दिनुभएको जानकारी अनुसार सम्मेलनमा त्यस ठाउँका दुई वटा चर्चका पास्टरअगुवाहरु तथा मण्डलीका सदस्यहरुको सहभागीता रहने छ । सम्मेलनका प्रमुख वक्ताकोरुपमा रेभ पास्टर शिलास थापा हुनुहुन्छ । उहाँ अमेरिकाको इम्मानूएल चर्चको वरिष्ठि पास्टर हुनुहुन्छ । 
 
समाचार श्रोतका अनुसार दुई दिने सम्मेलनको तयारी पूरा भएको तुरहीलाई समाचार प्राप्त भएको छ । आयोजकले पहिलो पटक आयोजना हुन लागेको दुई दिने सम्मेलन आशिष्मय प्रकारले सम्पन्न हुनको लागि प्रार्थना गरिदिन आग्रह समेत गरेको छ । 
 
दुई दिने सम्मेलनमा त्यहाँ भएका गैह् ख्रीष्टियानहरुलाई पनि सहभागी हुने जनाइएको छ । उनीहरुलाई सुसमाचार सुनाइने कार्यक्रम तय भएको छ समाचार श्रोतले जनाएको छ ।