Flash News

हेब्जीवाह म्यूजिक सिटीको उद्घाटन

turahi-news

तुरही न्यूज । ०६ असोज । ललितपुर । प्रधान ग्रुप प्रा.लि.ले ललितपुरको बालकुमारीमा म्युजिक सीटी हलको समुद्घाटन गरेको छ । गत शनिबार असोज ६ गते एक समारोहबीच नव निर्मित सभा हलको प्रधान गु्रपका संरक्षक तथा नेपाल बाल शिक्षा संगतिका निर्देशक एलिया प्रधान र उहाँकी धर्म पत्नीले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गर्नुभयो ।
 
त्यसैगरि उक्त हलको समपर्णको प्रार्थना साहित्यकार तथा गीतकार लोकनाथ मनेनले गर्नुभयो । हेब्जीवाह म्यूजिक सिटी (सभा हल) २९ आनामा निमार्ण गरिएको छ । हलको क्षमता ५५० सिटको छ । हल साउण्ड प्रुफ रहेको छ । नव निर्मित सुविधा सम्पन्न सभा हललाई हेब्जिवाह म्यूजिक सिटी नाम दिइएको छ ।