Flash News

एनसीसीयूकेको २४ सदस्यीय नयाँ केन्द्रीय समिति चयन

turahi-news

तुरही न्युज। २९ सेप्टेम्बर ०१८ । काठमाडौं । यूनाइटेड किङडमान भएका अधिकांश नेपाली मण्डलीहरुको छाता संगतिकोरुपमा स्थापित ‘नेपाली ख्रीष्टियान चर्चेज यूके’ (एनसीसीयूके)को नयाँ केन्द्रीय समिति चयन भएको छ । 
 
एनसीसीयूकेको यही शुक्रबार र शनिबार (२८ र २९ सेप्टेम्बर ०१८) यूकेमा वसेको साधारण सभाले यूकेमा भएका एनसीसीयूके अन्तर्गतका २४ वटा मण्डलीका पास्टरअगुवाहरुलाई समेटी ११ सदस्यीय 'ट्रस्टीज टिम' र १३ जना ‘बोर्ड सदस्य’को चयन भएको कुरा नव निर्वाचित सह–सचिव पास्टर दोर्जे तिमोथी तामाङले तुरही न्यूजलाई जानकारी गराउँनु भएको छ ।
'ट्रस्टीज टिम' को अध्यक्षमा पास्टर लिल गुरुङ, उपाध्यक्षमा एल्डर निर्मल लिम्बु, महासचिवमा पास्टर कुमार विश्वकर्मा, सहायक सचिवमा पास्टर दोर्जे तिमोथी तामाङ, कोषाध्यक्षमा एल्डर चन्द्र सुनुवार र सहायक कोषाध्यक्षमा डिकन टंक राई सर्वसम्मतले चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा एल्डर बेदलाप राई, पास्टर शमूएल लेप्चा, डिकन सूर्य राना, पास्टर एलिना राई र डिकनेस् देबोरा आङदेम्बे चयन हुनुभएको छ ।
 
त्यसैगरि अन्य तेह् जना अन्य केन्द्रीय सदस्यहरुमा एल्डर मानकुमार सुनुवार, डिकन सूर्यबहादुर राजा,पास्टर अलिना राई, एल्डर काशी राई, यशोधा बुढा, यामबहादुर लिम्बु, पास्टर सोबिन परियार, खिना राई, तेज राई, एल्डर सोमकुमार सुनुवार, एल्डर माइकल लिम्बु,एल्डर पूर्णबहादुर घर्तीमगर, पास्टर जेम्स लिङदेन रहनु भएको छ । 
 
श्रोतका अनुसार यस वर्षको एनसीसीयूकेको साधारण सभाले एनसीसीयूके अन्तर्गतका चौबिसवटा चर्चका प्रत्येक चर्चबाट एकजना प्रतिनिकिकोरुपमा पास्टर, एल्डर वा डिकन रहनु भएको छ । एनसीसीयूकेको कामलाई सशक्त र अझै प्रभावकारी वनाउन एनसीसीयूके अन्तर्गतका २४ वटा चर्चबाट २४ सदस्यीय केन्द्रीय समितिको चयन भएको श्रोतको दावी छ । 
नव निर्वाचित केन्द्रीय समितिको पदावधी तीन वर्षको रहने छ । ‘नेपाली ख्रीष्टियान चर्चेज यूके’ एनसीसीयूके यसै वर्ष बेलायत सरकारमा दर्ता भएको यूकेमा भएका नेपालीभाषी चर्चहरुको च्यारिटी संस्था हो । साधारण सभाको दोस्रो दिन एनसीसीयूकेको नयाँ समितिको चयन भएको हो । 
 
एनसीसीयूकेको नयाँ समितिले नेपालीभाषीहरुलाई मध्यनजर गर्दै रेडियो माध्यमबाट देश नेपालमा सेवा थाल्ने जनाएको छ । रेडियो माध्यमबाट नेपालमा सेवा पु¥याउनको निम्ति नयाँ कार्य समितिले गृह कार्य थाल्ने जनाएको छ । 
 
एनसीसीयूकेले पास्टर दोर्जे तिमोथी तामाङको अगुवाइमा सन् २०१७ अक्टोबरदेखि रेडियो उपहार नामक अनलाईन रेडियो संचालनमा ल्याएको छ । जुन रेडियोलाई एन्ड्रोइड, स्मार्ट र एप्पल मोबाइल फोनको यापबाट संसारभर २४अ‍ैं घंटा सुन्न सकिन्छ । 
एनसीसीयूकेले भविष्यमा टेलिभिजनमार्फत पनि नेपालमा सेवा पु¥याउने लक्ष्य लिएको छ । 
Radio Upahar Official facebook page//https://www.facebook.com/RadioUpahar2017/
Radio Upahar Online http://www.radioupahar.com/