Flash News

विविध कार्यक्रम गरि 'वर्ड एण्ड लाइफ चर्च' को छैठौ वार्षिकोत्सव सम्पन्न

turahi-news

तुरही न्यूज । १६ असोज ०७५ । अमेरिका पेन्सेलभिनियास्थित वर्ड एण्ड लाइफ चर्चले आफ्नो स्थापनाको छ्रैठौ वार्षिकोत्सव विविध कार्यक्रको आयोजना गरि आशिष्मय प्रकारले मनाएको छ । वर्ड एण्ड लाइफ चर्चको छ्रैठौ वार्षिकोत्सवमा मण्डली परिवार तथा आफन्तहरुको सहभागीता मनाइएको कुरा वर्ड एण्ड लाइफ चर्चका वरिष्ठ पास्टर विनय भण्डारीले तुरहीलाई बताउँनु भयो ।
 
वर्ड एण्ड लाइफ चर्चको वार्षिकोत्सव समारोहमा चर्चका वरिष्ठ पास्टर विनय भण्डारीले चर्चको इतिहास तथा चर्चले स्थापनाकालदेखि थालेको सेवकाइ यात्रा र चर्चद्धारा भएको सुसमाचारको कामका वारेमा प्रकाश पार्नुभयो । 
 
उहाँले त्यसक्रममा वर्ड एण्ड लाइफ चर्चको परिचय तथा सुसमाचारको क्षेत्रमा चर्चले पु¥याएको योगदानलाई समेटेर भिडियो गवाहीको क्लिप पनि प्रस्तुत गर्नुभयो ।
पास्टर विनय भण्डारीले मत्ति ९ः३७ देखि ३९को पदबाट अन्न पाकेको छ तर खेतालाहरुको कमी छ...भन्ने वचनबाट वार्षिकोत्सवमा वचन प्रचार गर्नुभयो । उहाँले त्यसक्रममा चर्चका अगुवा तथा सदस्यहरुलाई उत्साहा दिदैं खेतालाहरुको लागि प्रार्थना गर्न आग्रह गर्नुभयो ।
मण्डलीको छैठौ वार्षिकोत्सवमा छैठौ वर्षको अवसरमा केक काट्दै मण्डलीका वरिष्ठ पास्टर विनय भण्डारी र उहाँकी पत्नी कौशीला क्षेत्री । 
वर्ड एण्ड लाइफ चर्च सन् २०१२ सेप्टेम्बर २९ तारिख आठ जना सदस्यहरुबाट शुरुवात भएको हो । यस चर्चले वर्ड एण्ड लाइफ बाइबल स्कूल पनि संचालनमा ल्याएको छ । जुन स्कूलबाट हालसम्म ४ ब्याचसम्म तालिम प्रदान गरिसकेको छ । जसमध्येमा ३ ब्याच अमेरिकामा र १ ब्याच नेपाल (एज्रा स्कूल अफ मिनिस्ट्रिसँगको साझेदारी)मा बाइबल स्कूल सम्पन्न गरि सकेको छ । हालसम्म १७० विद्यार्थीहरुलाई यस बाइबल स्कूलबाट तालिम प्राप्त गरिसकेका छन् । 
 
त्यसैगरि थत वर्ड एण्ड लाइफ चर्चले सन् २०१५ नोभेम्बर ५ तारिखबाट नेपालमा विभिन्न ८ ओटा एफएम रेडियोबाट हरेक साताको दुई पटक १५ मिनेटको वर्ड एण्ड लाइफ रेडियो कार्यक्रम पनि प्रसारण गरिरहेको छ । जुन रेडियो सेवकाइबाट नेपालका सातै प्रदेशमा सेवा पुगेको छ । 
 
थत वर्ड एण्ड लाइफ चर्चका वरिष्ठ पास्टर विनय भण्डारीले हालसम्म प्रचारकाक्रममा अमेरिकागरि ६ वटा देशको भ्रमण(नेपाल,भारत,भुटान, यूके, क्यानडा, अष्ट्रेलिया) गरिसक्नु भएको छ । 
वार्षिकोत्सवमा पास्टर भण्डारीले परमेश्वरको किन काम गरिरहनु भएको छैन् भन्ने शिर्षकमा पनि वचन प्रचार गर्नुभएको थियो । 
 
मण्डलीको वार्षिकोत्सव कार्यक्रमको कुशल संयोजन मण्डलीका सदस्य राज पाण्डले गर्नुभएको थियो भने करुणा भण्डारी र निरु खवासले सामूहिकरुपमा विशेष् गीत गाउँनु भयो । त्यसैगरि युनिशा गुरुङले पनि विशेष् गीत गाएर सवैलाई आशिष् तुल्याउनु भयो र ज्योती प्रधान र संजिता प्रधानले सामूहिक नृत्य प्रस्तुत गर्नुभयो भने सन्त गुरुङले मिठो गीत गाउँनु भयो ।
 
वार्षिकोत्स समारोहमा वर्ड एण्ड लाइफ चर्चका अधिकांस सदस्यहरु तथा अगुवाहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सव निकै आशिष्मय भएको कुरा पास्टर विनय भण्डारीले तुरहीलाई बताउँनु भयो । स्थापनाको छैडौ वर्षसम्ममा वर्ड एण्ड लाइफ चर्चमा ३०० वढि चर्चका सदस्यहरु छन् । स्मरण रहोस् पछिल्लो समय अमेरिकाका विभिन्न स्टेटमा भुटानिज नेपालीहरुको पुर्नवाससँगै त्याहाँका नेपालीभाषी चर्चहरुमा विशाल जागृती आएको मान्न सकिन्छ । 
वर्ड एण्ड लाइफ चर्च सेवकाइले अमेरिकामा मात्र होइन यो चर्च सेवकाइले नेपालमा पनि सेवा पुगेको छ । विगत ४ वर्षदेखि नेपालका विभिन्न सातै प्रदेशमा प्रसारणरत वर्ड एण्ड लाइफ रेडियो कार्यक्रमले ख्रीष्टियान र गैह् ख्रीष्टियानलाई पनि सेवा पुगेको छ । पास्टर विनय भण्डारीद्धारा प्रस्तुत यो रेडियो कार्यक्रम नेपालीहरुमा निकै लोकप्रिय भएको छ । यो कार्यक्रम नेपालको पहिलो ख्रीष्टियान एफएम गुडन्यूज एफएमबाट करिव विगत चारवर्षदेखि प्रसारणत छ ।