Flash News

शान्ति नेपालको अध्यक्षमा नारायण खड्का

शान्ति नेपालको पन्र्धौ वार्षिक साधारण सभा र वार्षिकोत्सव सम्पन्न

turahi-news

तुरही न्यूज । २ असोज ०७५ । गैह् सरकारी सामाजिक संस्था शान्ति नेपालको पन्ध्रौ वार्षिक साधारण सभा तथा यसै संस्थाको १६औं बार्षिकोत्सव विविध कार्यक्रम गरि मनाइएको छ । भाद्र ३१ गते आइतबार मानभवनस्थित एक पार्टी प्यालेसमा शान्ति नेपालले आफ्नो वार्षिकोतस्व भव्यतासाथ मनाएको हो । 
 
उक्त दिन शान्ति नेपालको पन्र्धौ साधारण सभाले नारारण खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, महासचिवमा कमलनारायण श्रेष्ठ,कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ सर्वसम्मतले निर्वाचित हुनुभएको छ । त्यसैगरि कार्य समितिको सदस्यहरुमाः सुशान राई, गणेश माया श्रेष्ठ, सुनिता राई, धु्रबराज घिमिरे, शान्तकुमार भण्डारी, विनोद देशार र डा. कृष्णमान शाक्य सदस्य सचिवमा चयन हुनुभएको शान्ती नेपालले जनाएको छ ।
 
शान्ति नेपालको १६औं साधारण सभा र पन्ध्रौ वर्षिकोत्सवमा शान्ति नेपालका नव निर्वाचित अध्यक्ष नारायण खड्काले गोदवारी नगरापालिकाका मेयर गजेन्द्र महर्जन र शान्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक डा.कृष्णमान शाक्यलाई पं्रशंसा पत्र वितरण गर्नुभयो । 
 
साधारण सभामा विभिन्न संस्थाका पदाधीकारीहरु र संस्थाका साधारण सदस्यहरुको सहभागीता थियो । शान्ति नेपाल सन् २००४ मा सामाजिक संस्थाकोरुपमा स्थापना भएको ख्रीष्टिय विश्वासमा आधारीत गैह् सरकारी सामाजिक संस्था हो । यसले जन स्वास्थ्यजस्ता सरोकारका विषयमा समाजमा सेवा पु¥याउदै आएको छ ।