Flash News

इस्राएल सरकारको ख्रीष्टियान मिडिया समिटमा सहभागी हुँदै रेडियोकर्मी कुमार विष्ट

turahi-news

तुरही न्यूज । काठमाडौं । २४ असोज ०७५ । काठमाडौं । इस्राएल सरकार मिडिया शाखाको आयोजनामा यही अक्टुबर १४देखि १८ सम्म राजधानी यरुशलेममा आयोजना हुन लागेको दोस्रो ख्रीष्टियान मिडिया समिट २०१८ मा सहभागी हुन रेडियोकर्मी कुमारसिंह विष्ट आज इस्राएल जादैं हुनुहुन्छ । 
 
दोस्रो ख्रीष्टियान मिडिया समिट २०१८ लाई इस्राएलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले समुद्घाटन गर्ने कार्यक्रम छ । चार दिन सम्म संचालन हुने मिडिया समिटमा सहभागी हुन गुड् न्यूज एफ.एम.रेडियोका स्टेशन मेनेजर तथा तुरही डनकमका प्रधान सम्पादक कुमारसिंह विष्ट आज त्यसतर्फ लाग्दै छन् । 
 
दोस्रो ख्रीष्टियान मिडिया समिटकाक्रमा रेडियोकर्मी विष्ट इस्राएल तेल अभिवस्थित संयुक्त नेपाली मण्डली र यरुशलेमस्थित दर्शन नेपाली मण्डलीमा पनि सहभागी हुनेछन् । गत वर्ष यो समिटमा सहभागी हनु नेपालबाट जनता टेलिभिजनका न्यूज कास्टर तथा संचारकर्मी प्रकाश वि.सि त्यसतर्फ गएका थिए ।