पास्टर माया सुनुवारलाई इस्राएलमा सम्मान

turahi-news

तुरही न्यूज । २१ अक्टोबर ०१८ । इस्राएल तेल अभिवस्थित संयुक्त नेपाली चर्चकी पास्टर माया सुनुवार सम्मानित हुनुभएको छ । यसै साता तेल अभिवस्थित नेपाली संघीय समाज(नेफेसो)ले इस्राएलमा रहेर ख्रीष्टियान धर्ममा पु¥याउँनु भएको योगदानको प्रशंसा गर्दै पास्टर माया सुनुवारलाई कदर पत्रद्धारा सम्मान गरेको हो ।
 
तेल अभिवमा आयोजना भएको नेपाली संघीय समाज इस्राएलको तेस्रो अधिवेशनमा पास्टर सुनुवारलाई समाजका अध्यक्ष सुन्दरसिंह तामाङले सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नुभएको हो । नेफेसो संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन हो । 
आयोजकले पास्टर माया सुनुवारलाई आगामी दिनमा पनि इस्राएलमा धार्मिक सद्भाव र सहिष्णुता कायम गर्न सुभेच्छा प्रकट गरेको छ । संयुक्त नेपाली चर्च इस्राएलमा स्थापना भएको पहिलो नेपाली चर्च हो । पास्टर माया सुनुवार विगत एक देशकदेखि संयुक्त नेपाली चर्चकी पास्टरकोरुपमा हुनुहुन्छ । 
नेफेसोद्धारा आफू सम्मानित भएपछि आयोजक समितिलाई पास्टर सुनुवारले धन्यवाद ज्ञापन गर्नुभएको छ ।