चितवनमा एक दिने उद्घोषण तालिम

turahi-news

तुरही न्यूज, ९ कार्तिक ०७५,काठमाडौं । चितवनको कालिका नगरपालिका वडा नं.०१ स्थित लंकालाइन चर्चमा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । गुड् न्यूज एफए.एम.रेडियोका प्रोग्राम मेनेजर तथा आरजे कुमार अब्राहामले त्यहाँ पुगी चितवनका विभिन्न चर्चका १५० यूवायूवतीहरुलाई एक दिने उद्घोषण तालिम प्रदान गर्नु भएको हो । 
एक दिने उद्घोषण तालिममा त्यस क्षेत्रका विभिन्न १५ वटा चर्चका १५० वढि यूवायूवतीहरु सहभागी भएका थिए । आरजे अब्राहामले एक दिने तालिममा रेडियो उद्घोण, स्टेज कार्यक्रम र टेलिभिजन कार्यक्रमका बारेमा सिकाउनु भएको थियो ।