यर्दन नदीमा तीन नेपालीको पानीको बप्तिस्मा

turahi-news

कुमारसिंह विष्ट । २१ अक्टुबर ०१८ । यरुशलेम । इस्राएल यरुशलेमस्थित भिजन नेपाली चर्चका तीन जना नयाँ सदस्यहरुले यर्दन नदीमा पानीको बप्तिस्मा लिएका छन् । यही शनिबार इस्राएलको यर्दन नदीमा यरुशलेमस्थित भिजन दर्शन नेपाली मण्डलीका तीन जना नेपाली सदस्यहरुले पानीको बप्तिस्मा लिएका हुन् । 
 
यरुशलेमस्थित भिजन नेपाली चर्चकी पास्टर मिल्का दाहाल, सोही मण्डलीकी डिकन सोनिया (शान्ता) न्यौपाने र तेलअभिवस्थित संयुक्त दर्शन मण्डलीका एल्डर सुकमान तामाङले भिजन नेपाली मण्डलीका तीन जना नयाँ सदस्यहरुलाई पिता, पुत्र र पवित्र आत्माको नाउँमा यर्दन नदीमा पानीको बप्तिस्मा दिनु भएको हो । 
आफ्नो स्वईच्छाले यर्दन नदीमा पानीको बप्तिस्मा लिनेहरुमा गीता गुरुङ, आशिष् गुरुङ र सावित्री गुरुङ हुनुहुन्छ । तीन वर्ष अघि यरुशलेममा स्थापना भएको दर्शन नेपाली मण्डलीमा हालसम्ममा चार जना नयाँ सदस्यहरुले पानीको बप्तिस्मा लिइ सकेको कुरा पास्टर मिल्का दाहालले तुरहीलाई बताउनु भयो ।
 
पानीको बप्तिस्माको कार्यक्रममा संयुक्त नेपाली मण्डलीकी एल्डर पिंगाई लामाले पानीको बप्तिस्मा लिनेहरुलाई लक्षित गर्दै अर्थपूर्ण वचन वाँडनु भयो । उहाँले त्यसक्रममा पानीको बप्तिस्मा लिइसकेपछि उनीहरुलाई परमेश्वरको राज्यमा स्वागत छ भन्दै उनीहरुलाई बधाई समेत दिनुभयो । बप्तिस्मा लिने तीनजनालाई  पास्टर मिल्का दाहालले बप्तिस्माको प्रमाण पत्र पनि हस्तातरण गर्नुभयो ।
 
उक्त कार्यक्रममा अष्ट्रेलियास्थित युनाइटेड नेप्लीज ख्रीष्टियान चर्चका एल्डर रुद्र पौडेल र श्रीमती त्यसैगरि सोही चर्चका भरत थापा र श्रीमती पनि सहभागी हुनुहुन्थ्यो । एल्डर रुद्र पौडेलले प्रार्थनामा अगुवाई गर्नुभयो ।
पानीको वप्तिस्मा कार्यक्रमपछि यर्दन नदीको किनारमा संगती पनि भएको थियो । यो त्यही नदी हो जहाँ येशू स्यंमले पनि यूहन्नाद्धारा पानीको वप्तिस्मा लिनुभएको थियो ।