अमेरिकामा कृपा अवार्ड सम्पन्न

turahi-news

कुमारसिंह विष्ट, काठमाडौं । ९ कार्तिक ०७५ । अमेरिकामा ग्लोबल महिमा म्यूजिक असोसियसन (जिएमएमए)ले नेपाली ख्रीष्टियान गीत संगितको क्षेत्रमा योगदान पु¥याएवापत केही स्रष्टाहरुलाई कृपा अवार्डले सम्मान गरेको छ ।
 
आयोजकका अनुसार आयोजकको नियम अनुसार नोमिनेसनमा परेकाहरुमध्येबाट कृपा अवार्ड जुरी समूहले संगितको विभिन्न विधाका विभिन्न कलाकारहरुलाई छनोटमा पारी कृपा अवार्डले सम्मान गरेको छ । 
 
वेस्ट एल्बम अफ द इयर सिपि र एसिएमएमको भ्वाइस अफ पे्रजले यो अवार्ड पाएको छ भने वेस्ट लिरिक्सको अवार्ड यूवा रचनाकार पूर्ण विश्वले पाउनु भएको छ । त्यसैगरि वेस्ट कम्पोजर अफ द इयरमा प्रमोद राई यो अवार्ड पाउन सफल हुनुभएको छ भने वेस्ट भोकलिस्ट अफ द इयरको अवार्ड यूवा गायक प्रविन बराइलीको पोल्टामा पर्न सफल भएको छ ।
त्यसैगरि फिमेल भोकलिस्ट अफ द इयरमा भारतबाट लिडिया राई हुन सफल हुनुभएको छ भने वेस्ट गोस्पल सङ अफ द इयर काठमाडौंका गायक राजु तामाङको हातमा परेको छ ।
त्यसैगरि वेस्ट म्यूजिक भिडियो अफ द इयरमा अपेक्षा फिल्म २ पर्न सफल भएको छ भने वेस्ट न्यू आर्टिस्ट अफ द इयरमा निर्मला सन्यासीको हातमा पार्न सफल भएको छ र वेस्ट वर्शिप सङ अफ द इयरमा भारतबाट रोहीत थापाले पाउँनु भएको छ । 
 
मोस्ट इन्सपे्रसन अफ द इयरमा गायक एड्रिन देवान पर्न सफल हुनुभएको छ । कृपा अवार्ड वितरण समारोह अमेरिकाको एक्रोनस्थित ओहायोमा सयौ दर्शकहरु सामु भव्यरुपमा आयोजना गरिएको कुरा जिएमएमएका संयोजक प्रेम सिंजालीले तुरहीलाई बताउनु भयो । 
 
नेपाली महिलाहरु चर्चको अन्य कार्यक्रममा सक्रिय हुन सक्छन् भने पास्टरको सेवामा किन सक्रिय नहुने र ? माया सुनुवार, पास्टर, संयुक्त नेपाली चर्च, तेल अभिव, इस्राएल