एल्डर बेदीप्रसाद सुेबेदीलाई पास्टर नियुक्ति

turahi-news

१५ कार्तिक ०७५ । ललितपुर । पोखरास्थित नेपालको पहिलो चर्चकोरुपमा स्थापित रामघाट मण्डलीका एल्डर वेदीप्रसाद सुेबेदीलाई भैसेपाटीस्थित फेमली अफ गड चर्चको पास्टरकोरुपमा नियुक्ति गरिएको छ । 
फेमली अफ गड चर्चले हिजो बुधबार साँझ भैंसेपाटीस्थित आफ्नो चर्च भवनमा एक कार्यक्रमको आयोजना गरेर एल्डर वेदीप्रसाद सुबेदीलाई आफ्नो चर्चको ‘लिड पास्टर’मा नियक्ति गरेको छ । फेमली अफ गड चर्चको लिड पास्टरकोरुपमा नियुक्तिका लागि सम्पूर्ण प्रक्रिया पु¥याएपछि फेमली अफ गड चर्चका पास्टर टंक सुबेदीले एल्डर वेदी सुबेदीलाई मण्डलीको अगाडि फेमली अफ गड चर्चको लिड पास्टरकोरुपमा नियुक्ति गरिएको घोषणा गर्नुभएको थियो ।
पास्टर नियुक्ति सभामा एल्डर वेदीप्रसाद सुबेदीले आफूलाई फेमली अफ गड चर्चको लिड पास्टरकोरुपमा परमेश्वरबाटको बोलावट भएको कुरामा आफू निश्चित भएको कुरा मण्डलीलाई जानकारी गराउनु भएको थियो ।
फेमली अफ गड चर्चको पास्टरको नियुक्ति पाएपछि वेदी सुबेदीले अब उप्रान्त फेमली अफ गड चर्च ललितपुरको लिड पास्टरकोरुपमा रही परमेश्वरको सेवा गर्ने जानकारी गराउनु भयो । लिड पास्टरको नियुक्ति पाएपछि वेदी सुबेदीले  कार्यक्रममा आफ्ना केही प्रतिवद्धताहरु पढेर सुनाउनु भयो । 
 
पास्टर वेदी सुबेदी पोखरास्थित नेपाल ख्रीष्टियान रामघाट चर्चमा ४० वर्ष सेवा गर्नुभएको अनुभव छ । उहाँ त्यो चर्चको डिकन हुँदै पछिल्लो समय रामघाट चर्चको एल्डर हुनुहुन्थ्यो । पास्टर नियुक्ति कार्यक्रममा रामघाट चर्चका एल्डर प्रकाश भुजेल पनि सहभागी हुनुहुन्थ्यो । उहाँले त्यस अवसरमा रामघाट चर्चमा रही वेदी सुबेदी दाजुबाट आफूले २५ वर्षसम्म धेरै कुराहरु सिक्ने अवसर पाएको र रामघाट चर्चले उहाँलाई सधै सम्झी रहने भन्दै भक्कानीनु भएको थियो ।
 
कार्यक्रममा रामघाट चर्चको तर्फबाट वेदी सुबेदीको पक्षमा सिफारिस गरिएको फेमली अफ गड चर्चलाई प्राप्त पत्र पनि वाचन गरिएको थियो । उक्त पत्रमा रामघाट चर्चका एल्डरद्धय डा.दिपेन्द्र गौतम र एल्डर प्रमोद मुल्मीले हस्ताक्षर गर्नु भएको छ । 
पत्रमा उल्लेख भए अनुसार एल्डर वेदी सुबेदीलाई फेमली अफ गड चर्चमा पास्टरको सेवा गर्ने परमेश्वरको वोलावट भएको रामघाट चर्चलाई जानकारी भएपछि रामघाट चर्चले उहाँको वोलावटको सम्मान गर्दै फेमली अफ गड चर्च काठमाडौैमा गई पास्टरको सेवा गर्ने स्वतन्त्रता प्रदान गरेको वुझिएको छ । 
 
कार्यक्रममा विभिन्न चर्चका पास्टरहरुले नव नियुक्त पास्टर सुबेदीको नयाँ कार्यकालको लागि सामहिक प्रार्थना गर्नुभयो । सोही अवसरमा एनसीएस नेपालका सचिव रेभ पास्टर मुकुन्द शर्माले वेदी सुबेदीलाई पास्टरमा नियुक्ति हुनुभएकोमा बधाई ज्ञापन गदर्दै तथा अन्तिम समपर्णको प्रार्थना गर्नुभयो ।
कार्यक्रममा अन्तिम आशिष्को प्रार्थना पास्टर प्रेम श्रेष्ठले गर्नुभयो । 
तस्बिरः सुरज शाक्य/ललितपुर