पोखरामा ग्लोबल मिशन चर्च प्लान्टर रिट्रिट सम्पन्न

turahi-news

तुरही न्यूज । २६ अक्टुबर ०१८ काठमाडौं । ग्लोबल मिशन चर्च नेपालको आयोजनामा यस मातहातका नेपालभरका चर्चका एकसय पास्टर र उहाँकी श्रीमतीलाई (श्रीमान् र श्रीमती) समेटी पोखरामा तीन दिने ग्लोबल मिशन चर्च प्लान्टर रिट्रिट कार्यक्रम सम्पन्न भएको छ । 
 
रिट्रिट कार्यक्रममा ग्लोबल मिशन चर्च अन्तर्गतका नेपाल भरका करिव एक सय चर्च तथा झुण्डका पास्टरअगुवाहरु उनीहरुका श्रीमतीहरुलाई सहभागी गराई स्वस्थ परिवार तथा दाम्पत्य जीवन विषयमा सिकाइएको कुरा ग्लोबल मिशन नेपालका अध्यक्ष तथा रेभरेण्ड पास्टर दान पोखरेलले तुरहीलाई जानकारी गराउनु भयो । 
 
उहाँले सेवकाइ आशिष्मय हुनको लागि श्रीमान(पुरुष पास्टर)मात्र एक्लै होइन उनको श्रीमतीलाई पनि सहभागी गराउनु पर्छ भन्ने मान्याताकासाथ यो रिट्रिट आयोजना गरिएको बताउनु भयो ।
 
कुनै पनि चर्चको पास्टरले मात्रै सिक्ने होइन पास्टरको श्रीमतीले पनि संगसंगै सिक्नु आवश्यक छ भन्ने कुरालाई पास्टर पोखरेलले जोड दिनुभयो । उहाँले पास्टरको परिवार बलियो भयो भने मण्डली पनि स्वस्र्फुत बलियो हुने कुरा बताउनु भयो ।
समाचार श्रोतका अनुसार रिट्रिट कार्यक्रममा अमेरिकास्थित फस्ट ब्याप्टिस्ट चर्च बोस्टनका दुई पास्टरहरु पास्टर बे्रन्ट प्रिन्टाइस र पास्टर क्रुटिस कुकले विभिन्न विषयमा सहभागी पास्टरअगुवाहरुलाई सिकाउनु भयो । त्यसैगरि अमेरिकाबाटका अर्का अगुवा डिरिक टिमरम्यानले पनि सिकाउनु भयो भने ग्लोबल मिशन चर्च नेपालका अध्यक्ष तथा रेभ पास्टर दान पोखरेलले पनि सहभागीहरुलाई सिकाउनु भएको थियो ।
 
कार्यक्रम पोखरा हलन चोकस्थित टिका रिसोर्टमा यही अक्टोबर ३१ देखि २ नोभेम्बरसम्म आयोजना गरिएको थियो । ग्लोबल मिशन नेपाल सन् २०१४ मा स्थापना भएको हो । हालसम्म यस अन्तर्गतका एक सय चर्चहरु स्थापना भइसकेका छन् ।