Flash News

‘डिसाइपल मेकिङ’ विषयमा मिडिया कार्यशाला

turahi-news

सुनिलराज लामा, २७ कार्तिक ०७५ । इब्रा मिडिया स्वीडेनको सहकार्यमा गुड् न्यूज एफ.एम.रेडियोमा चार दिने मिडिया कार्यशाला सम्पन्न भएको छ । ‘डिसाइपल मेकिङ’ विषयमा विभिन्न तीन चरणमा मिडिया कार्यशाला संचालन भएको छ, पहिलो, दोस्रो र तेस्रो लेवल । 
पहिलो लेवलको मिडिया कार्यशाला यही कार्तिक ६ र ७ गते स्टेशन अनामनगरमा संचालन गरिएको थियो । उक्त मिडिया कार्यशालामा स्टेशन मेनेजर कुमारसिंह विष्ट र कार्यक्रम संयोजक निलिमा कोइरालाले मिडिया एण्ड डिसाइपल मेकिङ विषयमा दुई दिनसम्म सिकाउनु भयो भने रेडियोकर्मी पुनम पंचकोटी र कार्यक्रम प्रवन्धक कुमार अब्राहामले पनि विहानको सेसनमा डिभोसनको वारे सिकाउनु भयो ।
त्यसैगरि कार्तिक २५ र २६ गते ‘मिडिया एण्ड डिसाइपल मेकिङ’ कार्यशालामा राजधानीका विभिन्न चर्चका दश जना यूवायूवतीहरु सहभागी भएका थिए । उक्त मिडिया कार्यशालामा इब्रा मिडिया स्वीडेनका दुई जना प्रतिनिधिहरुले सिकाउनु भएको थियो ।
 
गुड् न्यूज एफ.एम.रेडियोका अनुसार तेस्रो समूहको मिडिया कार्यशाला यही कार्तिक २७ बाट शुरु भएर  २८ गते समापन हुँदैछ । यस तेस्रो समूहको मिडिया कार्यशालामा राजधानीका विभिन्न चर्चबाट १२ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।