Flash News

झापामा एक महिने बाइबल स्कूल तालिम सम्पन्न

turahi-news

तुरही न्यूज । काठमाडौं । २८ कात्तिक ०७५ । झापामा एक महिने बाइबल स्कूल तालिम सम्पन्न भएको छ । भविन्द्र राई र भिम देउवाको संयोजनमा झापामा एक महिने बाइबल स्कूल तालिम सम्पन्न भएको वुझिएको छ । 
 
उक्त बाइबल स्कूलमा देशका विभिन्न क्षेत्रबाट विभिन्न चर्चबाट २९ जना यूवायूवतीहरु सहभागी भई आत्मिक शिक्षाहरु सिकेको बताइएको छ । एक महिने बाइबल स्कूलमा नौं जना शिक्षकहरुले सिकाउनु भएको थियो । 
 
प्रशिक्षार्थीहरुले एक महिनासम्म जीवनको महत्वपूर्ण शिक्षा सिकेर अब आआफ्नो ठाउँमा गएर लागू गर्ने प्रतिवद्धता जनाएका छन् । बाइबल स्कूल अक्टोबर १५ बाट शुरु भएको नाभेम्बर १५,२०१८ मा समापन भएको थियो ।