Flash News

राष्ट्रिय ख्रीष्टियान महासंघको राष्ट्रिय भेला मंसिर ३ गते हुने

turahi-news

तुरही न्यूज । २९ कात्तिक ०७५ । काठमाडौं । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको एघारौ राष्ट्रिय भेला राजधानीमा आयोजना हुने भएको छ । महासंघले दिएको जानकारी अनुसार उक्त भेला आगामी मंसिर ३ गते सोमबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने महासंघका अध्यक्ष सिवी गहतराजले बताउनु भयो ।
 
महासंघको राष्टिय भेलामा राष्ट्रका उच्च पदस्थ पदाधीकारीहरु र मानव अधिकारकर्मीहरुको सहभागीतामा समुद्घाटन हुने जनाएको छ । महासंघले उक्त भेलामा चर्चका पास्टरअगुवाहरु र मण्डलीका सर्वसाधारण सदस्यहरु सहभागी भइदिन हुन अनुरोध समेत गरेको छ ।