Flash News

छ दिने मिडिया एण्ड डिसाइपल मेकिङ कार्यशाला सम्पन्न

turahi-news

सुनिलराज लामा । ३० कात्तिक ०७५ । काठमाडौं । इब्रा मिडिया स्वीडेनसँगको साझेदारीमा गुड् न्यूज एफ.एम.रेडियोद्धारा काठमाडौंमा छ दिने मिडिया कार्यशाला सम्पन्न भएको छ । मिडिया कार्यशाला मिडिया एण्ड डिसाइपिल मेकिङ विषयमा भएको थियो ।
 
मिडिया कार्यशालामा हरेक दुई दिनको लागि तीन समूहका लागि मिडिया कार्यशाला आयोजना भएको थियो । पहिलो तहको कार्यशालामा ६ जना प्रशिक्षार्थीहरु सहभागी भए भने दोस्रो तहको कार्यशालामा नौं जना सहभागी थिए भने त्यसैगरि तेस्रो तहको कार्यशालामा बाह् जना सहभागी भएका थिए । 
मिडिया कार्यशालामा काठमाडौंका विभिन्न चर्चका यूवायूवतीहरु सहभागी भएर मिडिया एण्ड डिसाइपिल मेकिङको वारेमा सिक्ने अवसर पाएको कुरा गुड् न्यूज एफ.एम.रेडियोले जनाएको छ । मिडिया कार्यशालामा इब्रा मिडिया स्वीडेनका दुई जना प्रतिनिधिहरुले मिडिया एण्ड डिसाइपिल मेकिङ विषयमा मिडिया कार्यशालामा सिकाउनु भएको थियो ।
तीनै तहका सम्पूर्ण प्रशिक्षार्थीहरुलाई गुड् न्यूज एफ.एम.प्रा.लि संचालक समितिका अध्यक्ष कैलाशमान साशंकर तथा इब्रा मिडियाका दुई जना शिक्षहरुले संयुक्तरुपमा यही कात्तिक २९ गते विहीबार प्रमाण पत्र वितरण गर्नुभयो । 
 
मिडिया एण्ड डिसाइपिल मेकिङ विषयको छ दिने कार्यशालाको पहिलो तहको कार्यशाला कात्तिक २१ र २२ गते त्यसैगरि दोस्रो तहको कार्यशाला कात्तिक २५ र २६ गते र तेस्रो तहको कार्यशाला कात्तिक २७ र २८ गते गुड् न्यूज एफ.एम.रेडियो स्टेशन अनामनगरमा संचालन गरिएको थियो । मिडिया कार्यशालामा सहभागीहरु काठमाडौंका विभिन्न चर्च बाटका थिए ।