Flash News

बेथेल सहकारीको सातौं साधारण सभा सम्पन्न

turahi-news

तुरही न्यूज । २ मंसिर ०७५ । ललितपुर । बेथेल बचत तथा सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । 
बेथेल बचत तथा सहकारी संस्था लिमिटेड संचालक समितिका अध्यक्ष वि.एन.पण्डितले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभयो । सातौ वार्षिक साधारण सभामा सहकारी संस्थाकी कोषाध्यक्ष बिन्दी रजकले आ.व.२०७४/०७५को आर्थिक प्रतिवेदन र संस्थाका लेखा सुपरिवेक्षक समितिका संयोजक सन्तोष थापाले लेखा समितिको तर्फबाट आ.व. २०७४/०७५ को प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
त्यसैगरि सहकारी संस्था संचालक समितिका सचिव सुरेन्द्र श्रेष्ठले बचत तथा ऋणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै उहाँले नै सातौ साधारण सभामा पाल्नुहुने सम्पूर्ण पाहुनाहरु, सेयर धनीहरु, बचतकर्ताहरु सम्पूर्णलाई स्वागत गर्नुभयो ।
साधारण सभामा गायिका चन्दा देवानले गीत प्रस्तुत गर्नुभयो भने बचतकर्ता पूर्ण बहादुर सुनुवारले बेथेल सहकारी सबैको भकारी भनेर आफ्ना केही अनुभव वाँडनुभयो । साधारण सभालाई पास्टर बिरबहादुर खवासले शुरुको प्रार्थना गरेर शुरुवात गर्नुभइ पास्टर सुमन गुरुङले अन्तिम प्रार्थना गरि कार्यक्रम आशिष्मय प्रकारले सम्पन्न भयो ।
एनसीएस नेपालका अध्यक्ष तथा पास्टर वर्णवास श्रेष्ठले संचालक समिति तथा व्यवस्थापन पक्षलाई सुझावकोरुपमा आफ्ना केही सुझाव तथा सल्लाहा दिनुभयो भने संचालक समितिकी उपाध्यक्ष विद्या मालाकार घलेले धन्यवाद ज्ञापन गर्नुभयो । हालसम्म यस सहकारी संस्थाका शेयर र  बचत गर्ने सदस्यहरुको संख्या १५०० वढि छ भने २०७५ कात्तिक महिनाको आर्थिक विवरण अनुसार संस्थाको सम्पत्ति तथा दायित्व रु.१३ करोडभन्दा माथि पुगेको छ ।
 
त्यसैगरि २०७५ कात्तिक मसान्तसम्ममा शेयर पूँजीको रकम रु.१ करोड २५ लाख पुगेको छ भने बचत रकम लगभग रु.११ करोड पुगेको छ । यसैगरि ऋण लगानिको रकम करिव रु.९ करोड पुगेको देखिएको छ ।