Flash News

'सरकार हामीलाई क्रिसमसमा विदा देउ'- सी.वि.गहतराज, अध्यक्ष, ख्रीष्टियान महासंघ

turahi-news

तुरही न्यूज । ३ मंसिर ०७५ । काठमाडौं । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सी.वि.गहतराजले आगामी क्रिसमस पर्वमा राज्यले सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको एघारौ राष्ट्रिय भेलालाई सम्वोधन गर्ने क्रममा यही सोमबार राजधानीमा सो कुरा बताउनु भएको हो । 
 
उहाँले देश संविधानत धर्म निरपेक्ष भइसकेको अवस्थामो धर्म प्रचारको नाममा देशका विभिन्न स्थानबाट स्वदेशी तथा विदेशी ख्रीष्टियानहरुलाई प्रहरीले दमन गरेको भन्दै उनीहरुको यथाशिघ्र रिहाइको माग गर्नुभयो ।
०६४ सालबाट क्रिसमसका दिन सार्वजनिक विदा दिदैं आएको नेपाल सरकारले पछिल्ला वर्षहरुमा क्रिसमस विदा पनि कटौती गरेको स्मरण गराउँदै संविधानत धर्म निरपेक्ष भइसकेको अवस्थामा नेपालका अल्पसंख्यक ख्रीष्टियान समुदायको पर्वलाई सम्मान गर्दै आगामी क्रिसमसमा नेपाल सरकारले सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने औंल्यानु भयो ।
त्यसक्रममा अध्यक्ष गहतराजले राज्यले गत भदौ महिनादेखि जारी गरेको फौजदारी ऐन नेपाली ख्रीष्टियानहरुलाई लक्षित गरेर ल्याइएकोमा सच्याउन सरकारलाई आग्रह गर्नुभयो । 
पछिल्लो समय देशका विभिन्न स्थानबाट स्वदेशी तथा विदेशी ख्रीष्टियानहरुलाई धर्म प्रचारको अभियोगमा प्रहरीले पक्राउ गरेको प्रसंग कोटयाउदै विश्वको सामू राज्यले धर्म प्रचारको आरोपमा नेपालमा धार्मिक स्वतन्त्रताको उपहास गरेको दावी गर्नुभयो ।
 
राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको एघारौ राष्ट्रिय भेलामा राष्ट्र्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने मानव अधिकार आयोगकी प्रवक्ता तथा सदस्य मोहना अस्सारीले क्रिसमस पर्वमा राज्यले सार्वजनिक विदाको घोषणा गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।