Flash News

कलबरी चर्च कैलालीमा यूवा राजदूत शिविर

turahi-news

तुरही न्यूज । काठमाडौं । एसम्लील चर्च अफ गडको आयोजनामा कैलालीको धनगढीस्थित कलबरी चर्चमा तीन दिने राजदूत यूवा शिविर सम्मेलन सम्पन्न भएको छ । यही नोभेम्बर ७ देखि ९ तारिखसम्म तीन दिनको लागि उक्त यूवा सम्मेलन आयोजना भएको समाचार श्रोतले जनाएको छ । 
सम्मेलनको थिम उपदेशक ९ः१० मा आधारीत थियो भने सम्मेलनका प्रमुख वक्ताकोरुपमा डा.मत्ती स्कट न्यूजलेण्डबाट(लाइफ प्वाइन्ट) र अर्का वक्ता काठमाडौस्थित जीवन झुण्ड चर्च काठमाडौंका पास्टर राजेश मगर हुनुहुन्थ्यो । वक्ताहरुले थिममा आधारीत रहेर यूवाहरुलाई लक्षित गर्दै वचन प्रचार गर्नुभएको थियो ।
राजदूत शिविरमा सात नं प्रदेशका एजी अन्तर्गतका विभिन्न चर्चका ७ सय वढि यूवायूवतीहरु सहभागी भएको कुरा आयोजकले जनाएको छ । सहभागी यूवायूवतीहरुले विभिन्न नाचगान तथा विभिन्न ट्यालेन्ट प्रस्तुत गरेका थिए । सम्मेलन निकै आशिष्मय रहेको कुरा वक्ता पास्टर राजेश मगरले तुरहीसँगको कुराकानीमा बताउनु भयो । सम्मेलनमा विभिन्न सांस्कृतीक नाचगान पनि प्रस्तुत गरियो ।
राजदूत शिविर एसेम्लीज् अफ गड चर्चका अध्यक्ष रेभ पास्टर जोशेफ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । स्मरण रहोस् हरेक वर्ष यो शिविर आयोजना हुने गरेको छ ।