Flash News

‘एसिया प्यासिफिक समिट भ्रमको भुमरी’– राष्ट्रिय ख्रीष्टियान महासंघ

turahi-news

 
तुरही न्यूज । १४ मंशिर ०७५ । काठमाडौं । यूनिभर्सल पिस फेडरेसनको आयोजनामा विभिन्न देशका सरकार प्रमुख र विशिष्ट व्यक्तित्वको सहभागीतामा शुक्रबारबाट काठमाडौंमा शुरु भएको एसिया प्यासिफिक समिटमा हुने कथित ख्रीष्टियान गतिविधि भ्रमको भुमरी भएको राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालको निष्कर्ष आएको छ ।
 
आज शुक्रबार साँझ तुरही पत्रिकासँगको विशेष् अन्तरर्वार्ता गर्दै राष्ट्र्रिय ख्रीष्टियान महासंघका अध्यक्ष सी.वी.गहतराजले सो कुरा बताउनु भएको हो । उहाँले समिटको विषयलाई लिएर सडकदेखि सद्नसम्म ख्रीष्टियान धर्मसँग जोडेर नेपालका अधिकांश ख्रीष्टियान समुदायको वदानाम गर्न खोजीएको आरोप लगाउनु भयो ।
 
एसिया प्यासिफिक समिट युनिभिकेसन चर्चसँग जोडिएको हुँदा संसारभरका कुनै पनि चर्चले यूनिफिकेसन चर्चको सम्पूर्ण क्रियाकलाप अबाइबलिय भएको हुनाले नेपालका ख्रीष्टियानहरुको यसमा कुनै पनि संलग्नता र साथ नभएको भन्दै तुरही पत्रिकासँग अन्तर्वाताए दिदैं यसको खण्डन गर्नुभएको हो । 
 
यूनिफिकेसन चर्च वा पूनिभर्सल पिस फेडरेसन झूठा शिक्षा भएकोले नेपालका वा विश्वका कुनै पनि मेन लाइन चर्चले युनिफिकेसन चर्च यो समूहलाई ख्रीष्टियानकोरुपमा स्वीकार नगरेको जिकिर गर्नुभयो । 
अध्यक्ष गहतराजले र यो समूह आफूलाई ख्रीष्टियान भन्न रुचाउने तर बाइबलको मुख्य सिद्धान्तलाई इन्कार गर्ने भएकोले संसारभरका ख्रीष्टियानले यस्को अस्तित्वलाई स्वीकार नगरेको बताउनु भयो । फाइल तस्बिर । 
 
फाइल तस्बिर । 
यसैगरि नेपाल ख्रीष्टियान समाज र नेपाल राष्ट्रिय मण्डली संगतिले हिजै सोसल मिडिया मार्फत एक संयुक्त प्रेस विज्ञप्ती सार्वजनिक गर्दै एसिया प्यासिफिक समिटमा नेपालका मेन लाइन चर्चहरुको कुनै पनि संल्गनता नरहेको खण्डन गरी सकेको छ ।