Flash News

आसन्न क्रिसमसको सार्वजनिक विदा माग गर्दै महासंघद्धारा सरकारको ध्यानाकर्षण

turahi-news

तुरही न्यूज । १७ मंसिर ०७५ । काठमाडौं । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका पदाधीकारीहरुको एक टोलीले गृह मन्त्री रामबहादुर थापालाई भेटी आसन्न क्रिसमसमा नेपाल सरकारले सार्वजनिक विदा दिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेको छ । 
आज सोमबार ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सी.वी.गहतराजले नेपालका अल्पसंख्यक ख्रीष्टियानहरुको आसन्न महान पर्व क्रिसमसमा नेपाल सरकारले सार्वजनिक विदा घोषणा गर्नु पर्ने माग राख्दै गृह मन्त्री थापालाई ज्ञापन पत्र वुझाउनु भएको हो ।
 
महासंघको तर्फबाट ध्यानाकषर्ण पत्र वुझेपछि गृह मन्त्री थापाले क्रिसमस विदा सम्बन्धमा नेपाल सरकारले पुर्नविचार गर्ने महासंघसँग प्रतिवद्धता जनाउनु भयो । 
स्मरण रहोस् २०६४ सालदेखि नेपाल सरकारले ख्रीष्टियानहरको महान पर्व क्रिसमसमा सार्वजनिक विदा दिदैं आएको भएता पनि पछिल्लो केही वर्ष यता उक्त दिन ख्रीष्टियानहरुको लागि मात्र भनेर विदा दिदैं आएको छ । 
 
यस वर्षको क्रिसमस नजिकिदैं गर्दा ख्रीष्टियान महासंघले क्रिसमसका दिन पटके विदा नभई सार्वजनिकरुपमा विदा दिनुपर्ने माग गरेको हो ।