Flash News

एनसीएस र एनसीएफ नेपालले संयुक्त क्रिसमस कार्यक्रम गर्दै

turahi-news

तुरही न्यूज । २१ मंसिर ०७५ । नेपाल ख्रीष्टियान समाज (एनसीएस) र राष्ट्रिय मण्डली संगति (एनसीएफ) नेपालले आसन्न क्रिसमसमा संयुक्तरुपमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएका छन् ।
 
एनसीएस नेपाल र एनसीएफ नेपालको संयुक्त आयोजनामा आगामी पुस १ गते आइतबार कुमारीपाटीस्थित क्वाइनोनिया ख्रीष्टिय मण्डलीमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिने कुरा एनसीएफ नेपालका अध्यक्ष रेभ.पास्टर सूर्यबहादर बल तामाङले तुरहीलाई जानकारी गराउँनु भयो ।
 
उहाँले गत वर्षदेखि एनसीएफ नेपाल र एनसीएस नेपालले क्रिसमसका अवसरमा संयुक्त रुपमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको बताउनु भयो ।
उक्त दिन एनसीएस नेपाल र एनसीएफ नेपाल अन्तर्गतका राजधानीमा भएका सयौ चर्चका सयौ पास्टरअगुवाहरु सहभागी भई संयुक्तरुपमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने कुरा बताइएको छ ।
 
शुभकामना आदानप्रदान कार्यक्रममा राजधानीका विभिन्न चर्चका पास्टरअगुवाहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सहभागी हुने जनाइएको छ ।