बेथेल मेथोडिस्ट चर्चलाई नयाँ भवन

turahi-news

तुरही न्यूज । २२ मंसिर ०७५ । ललितपुर । हात्तिबनस्थित बेथेल मेथोडिस्ट चर्चले नयाँ भवन पाएको छ । नव निर्मित चर्च भवनलाई कोरियाबाटका पाहुना विशप लि कि बुकले एक समारोहबीच उद्घाटन गर्नु भयो । 
यस अघि हात्तिबनमै भाडाको घरमा चर्चको हरेक सेवा र संगति भइरहेको अवस्थामा चर्चकै आफ्नै नयाँ भवन निमार्ण गरि संगति गर्न पाउँने भएपछि चर्चका पास्टरलगायत सदस्यहरु हर्षित भई परमेश्वरलाई धन्यवाद दिएका छन् । पास्टर जीवन शाहले नव निर्मित चर्च भवनको लागि मण्डली परिवारलाई शुभकामना दिनुभयो ।
नयाँ चर्च भवन समर्पण समारोहका प्रमुख अतिथि विशप लि कि बुकले वचन वाँड्नु भयो भने वचनको लागि पास्टर शान्ता श्रेष्ठले प्रार्थना गर्नुभयो । समारोहमा उपस्थित सवैलाई बेथेल मेथोडिस्ट चर्चका पास्टर विष्णुराज भाटले स्वागत गर्नु भयो भने सोही मण्डलीका संगित झुण्डका सदस्यहरुले आराधनामा अगुवाइ गर्नुका साथै महिला दिदीवहिनी र बाल संगतिकाहरुले विशेष गीत प्रस्तुत गरेका थिए ।
चर्चका पास्टर भाटका अनुसार नव निर्मित चर्च भवन निमार्ण गरिएको जमिनलाई दस वर्षको लागि भाडामा लिइएको हो । नव निर्मित चर्च भवन ३ सय वढि मानिसहरु एकसाथ संगति गर्न सक्ने क्षमताको छ ।