के येशू विनाको क्रिसमस पनि हुन्छ ?

turahi-news

 
 
यस वर्षको क्रिसमस नजिकै आइरहँदा चर्चदेखि बजारसम्म क्रिसमसको चहलपहल संसारभर वढ्न थालेको छ । यस वर्षको क्रिसमस मनाउँदै गर्दा के तपाईंसँग ख्रीस्ट येशू हुनुहुन्छ भनेर प्रश्न गर्न मन लाग्यो । ख्रीष्ट येशूलाई आफ्नो जीवनमा अप्नाइकन क्रिसमस मनाउँदाको मजा फरक छ । यदी तपाई क्रिसमस किन मनाउँने भन्ने कुरामा अन्जान हुनुहुन्छ भने सबै भन्दा पहिला तपाईले येशू ख्रीस्ट नै प्रभु हुनुहुन्छ भनेर बिस्वास गर्नु भएको छ भने तपाईलाई क्रिसमसको अर्थ वुझन सजिलो पर्नेछ अन्यथा यसको अर्थ वुझन अप्ठयारो पर्ला । 
 
यदी तपाईले येशूलाई मुक्तिदाता भनेर ग्रहण गर्नुभएको छैन भने म आफू येशूको भक्त भएको हैसियतले अब म तपाईलाई येशू विनाको क्रिसमस यसकारण मरेतुल्य हुन्छ भनेर भन्न चाहान्छु । अनि तपाईंले बुझ्नु हुनेछ क्रिसमस भनेको (ख्रीस्ट...मस) अथवा धेरै जनाको पापको प्रायश्चित गर्न अगमवाणी अनुसार कन्या मरियमको कोखबाट आज भन्दा २ हजार वर्ष अघि यस संसारका मानव जातीलाई पापबाट छुटकारा दिनलाई मानव भएर जन्मनु भएको सारा संसारका एक मात्र मुक्तिदाता प्रभु येशू ख्रीष्टको जन्मोत्सव ।
 
अचेल धेरैले आ–आफ्नो विवेक अनुसार फरक–फरक तरिकाले क्रिसमस उत्सवलाई  चाड जस्तै गरि मनाउदैं आएका पनि छन् । क्रिसमसलाई कुनै धर्मको विशेष् चाड जस्तै गरि मान्नु मुनासिव हुँदैन । यो कुनै अन्य धर्मको चाड जस्तै कदापी होइन । हामीले यसरी क्रिसमसलाई मनाउँनु हुँदैन । र बाइबलमा क्रिसमस यही दिन हो वा डिसेम्बर २५ मा नै येशूको जन्म भएको भन्ने कहिँ कतै उल्लेख भएको छैन् । तर येशूको जन्म कन्या मरियमको कोखबाटचाहिँ भएको हो भन्ने प्रसस्त प्रमाण, इतिहास र यस वारेमा बाइबलमा थुप्रै ठाउँमा उल्लेख छ । 
 
अरुले यसरी नै मनाएका छन् म पनि मनाउँन त के जान्छ र खाँउ पिंउ मोजमस्ती गरौं भन्ने हुन सक्छ भन्ने प्रकारले क्रिसमस मनाउँनु ठिक होइन ।  छिमेकीले क्रिसमसको समयमा घरमा क्रिसमस ट्री सजाएको छ, म पनि सजाँउछु, म पनि घर झिलिमिली गर्छु अनि क्रिसमस चाड मनाउँछु भन्ने मनसाय बोकेका धेरै मानिसहरु हुन्छन । यी आदि कुराहरु क्रिसमसमा गरिनु अपरिहार्य छैनन् तर येशूको महत्वलाई नवुझिकन क्रिसमस मनाउँनाले त्यसको कुनै अर्थ छैन् । 
 
हामीले यो वुझनु आवश्यक छ की क्रिसमस येशू केन्द्रीत हुनु आवश्यक छ । यस दिन येशूको जयगान गाउँने उहाँलाई महिमा दिने दिने दिन हो । येशू यस संसारमा मानव रुप धारण गरेर किन आउँनु भयो र उहाँ कसको लागि किन जन्मनु भयो यी आदी कुराहरुको रहस्य जानेर मात्र क्रिसमस मनाउँनाले क्रिसमस अर्थपूर्ण हुन्छ । अनि मात्र क्रिसमस मनाउँनुको अर्थ सार्थक होला । 
 
कोहीकोहीले त यस्तो पनि सोंच्छन कि क्रिसमस बिश्वव्यापी चाड हो । म त इसाई नभइकन पनि यो चाड मनाइहाल्छु नी भनेर । यस्ता व्यक्तिले को हो येशू,म उसलाई चिन्दिन, मलाई के को खाँचो येशूलाई ग्रहण गर्नु ? क्रिसमस मनाए सकिगोनि भनेर बिचार गर्छन । जुन कुरा सरासर गलत हुन्छ । येशूलाई केन्द्रमा राखेर मात्र क्रिसमस मनाउनु पर्छ । हाम्रो क्रिसमस ख्रीष्ट केन्द्रीत हुनुपर्छ । 
 
तर वास्तवमा क्रिसमस भनेको येशूको जन्मोत्सव हो । परमेश्वरका पुत्र येशू प्रभुको जन्म दिनलाई क्रिसमस भन्ने गरिन्छ । येशू ख्रीष्ट संसारमा मानव रुप धारण गरेर कन्या मरियमद्धारा इस्राएल देशको यरुशलेम शहरको बेथलेहेममा जन्म भएको हो । उहाँको जन्म पश्चिमा मुलुकमा भएको होइन तर एसियामा भएको हो । 
 
 येशूको जन्म भनेको संसारमा भएका सबै मानिसको लागि खुशीको खवर हो । मेरो पाप बाट मलाई मुक्त गर्नलाई येशू ख्रीष्ट इस्राएल देशको बेथलेहेम भन्ने गाँउमा मानिसको रुपमा जन्म लिनु भयो । उहाँ परमेस्वर हुँदा हुँदै पनि मानिसको रुपमा जन्म लिनु भएको खुशियालीमा क्रिसममस डे मनाउने गरिन्छ । अर्को अर्थमा क्रिसमस भनेको खानु र पिउंनु होइन खुशि वाँड्नु हो । येशूको जन्मसँगै मुक्ति र उद्धार जोडिएर आएको छ । येशूको जन्म भनेको सवै मानिसको लागि सुसमाचार हो वा खुशिको खबर हो । 
 
  क्रिसममस डे को अवसरमा येशू ख्रीष्टको बारेमा खबर सुनाउँनु, उहाँ परमेस्वर हुनुहुन्छ भनेर मानिसहरुको बीचमा गवाही दिनु नै असल क्रिसमस हो । यस दिन मिष्ठान्न परिकार पकाएर खानु, उपहार साटासाट गर्नु र नयाँ नयाँ लुगा लगाउन सकिएला तर यसले क्रिसमसमा केही अर्थ राख्दैन् । 
 
 किनभने जब येशू ख्रीष्टको जन्म भयो त्यस बेला सबैभन्दा पहिला गोठालोहरुले येशू जन्मेको खवर वा सुसमाचार अरुलाई सुनाएका थिए । येशूको जन्ममा गोठालाहरुले खुशिको खबर सुनाए तर मोजमस्ती  गरेनन् । त्यसैले यस पालीको क्रिसमस तपाईं र मैले कसरी मनाँउदैछौं । 
 
क्रिसमसलाई हामी कुनै धर्मको चाडपर्व मनाए जस्तै नगरौ ।  ख्रीस्टमस मनाँउदै  गर्दा हाम्रो वा मेरो  जीवनमा ख्रीष्ट हुनुहुन्छ वा हुनुहुन्छ त्यो ख्याल गरौ । त्यसैले क्रिसमसलाई कसरी मनाउँने त्यो तपाईको विवेकको कुरा हो । 
 
अन्तमा, संसारका मुक्तिदाता येशू प्रभुको जन्मोत्सवको अवसरमा देश-विदेशमा भएका सम्पूर्ण दाजुभाइ वहिनीहरुका शुभकामना । तपाईको ह्दयमा तीनै येशू ख्रीष्टलाई जन्माएर यस वर्षको क्रिसमसलाई मनाउनु होस् । यस  वर्षको क्रिसमसले अनी तपाईको जीवनमा शान्ति, आनन्द र पापबाट छुटकारा ल्याउन सकोस् यही प्रार्थना ।