ख्रीष्टमसका दिन सार्वजानिक विदा माग गर्दै महासंघले ग¥यो पत्रकार सम्मेलन

turahi-news

काठमाडौं ०५ पौष २०७५१ राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आज रिपोर्टस् क्लब नेपाल, भृकुटिमण्डप काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल सरकारसँग ख्रीष्टमसका दिन सार्वजानिक विदा माग गरेको छ । 
महासंघका अध्यक्ष सि।बि।गहतराजज्यूले वडा दिन अर्थात ख्रीष्टमसका दिन दुई–तिहाईको सरकारले सार्वजनिक विदा नदिएमा इतिहासकै ठूलो गल्ति हुने र पछुताउनु पर्ने बताउनु भयो । त्यसैले उक्त दिन कुनै पनि हालतमा सरकारले विदा घोषणा गरी नेपालमा रहेको ३० लाख ख्रीष्टियनहरुको भावनालाई सम्मान गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “२०६४ साल देखि निरन्तररुपमा ख्रीष्टियन समुदायले पाउँदै आएको विदा यस पाली विना कारण सरकारले विदा काटेको र यसले नेपाली ख्रीष्टियन समुदायको भावनामा ठूलो चोट परेको छ, साथै नेपाल सरकारले ख्रीष्टियन समुदायलाई दिइएको त्यही एउटा अधिकारलाई पनि खोसेर विश्वप्यापी मानव अधिकारको घोषणा–पत्र तथा नेपालको संविधान २०७२ को ठाडै उल्लङ्गघन गरेको छ र धर्मनिरपक्षताको मर्म विपरित कार्य गरेको छ”
 
केही महिना अघिमात्र काठमाडौंमा पिस फेडेरेशनले आयोजना गरेको एसिया प्यासफिक समिटले नेपाली ख्रीष्टियनहरुको कार्य तथा सरकारले ख्रीष्टमस विदा घोषणा गर्नमा असर गरेको छ कि भन्ने पत्रकारहरुको पश्नमा अध्यक्ष गहतराजज्यूले भन्नु भयो “एसिया प्यसफिक समिटले सबैलाई भ्रममा पारेको छ, प्रधानमन्त्री, मन्त्रहरु, नेताहरुका साथै आमसर्वसाधारण व्यक्तिहरुमा भ्रम सृजना गरेको छ र यसले नेपाली ख्रीष्टियनहरुलाई बद्नाम गर्ने काम गर्यो, यसमा नेपाली ख्रीष्टियन समूदायको कुनै पनि संलग्नता छैन र यो समिट पूर्णरुपले बाइबल धर्मशास्त्रको सिद्धान्त तथा परमेश्वरको वचनको विरुद्धमा भएकोले नेपाली ख्रीष्टियन समुदायले यसलाई स्वीकार गर्न सक्दैन र गर्दैन ।” 
उहाँले थप भन्नु भयो “हुन सक्छ भने यस प्रकारको गलत काम गर्ने संस्था तथा व्यक्तिहरुलाई सरकारले कारवाही गर्नु पर्छ र सरकार आपैm समिटको सह–आयोजक बनि गलत कार्यक्रममा सहभागि भई राष्ट्रको प्रतिष्ठमा आँच पुर्याउने काम गरेको छ”
विश्वमा सबैभन्दा धेरै मानिसहरु तथा राष्ट्रहरुले मनाउने तथा नेपालमा पनि हाल ख्रीष्टियनले मात्र नभई अरु धर्मवलम्वीहरुले पनि मनाउने महान पर्व भएकोले राष्ट्रिय मानवअधिकार आयोग, अधिकारकर्मी तथा नागरिक समाजले ख्रीष्टमस विदा कायम गराउन सहयोग गर्न सबैलाई अनुरोध गर्नु भयो । 
महासंघका उपमहासचिव तथा प्रवक्ता पा। उद्धव चिमोरियाज्यूले राष्ट्रिय ख्रीष्टियन महासंघको मागहरुका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रमलाई अर्का उपमहासचिव धनराज घिमिरेज्यूले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा उपत्यकाका विभिन्न मण्डलीका पाष्टर तथा अगुवाहरुका साथै महासंघका पदाधिकारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।