एलपीजेद्धारा धार्मिक स्वतन्त्रता विषयमा अन्तरक्रिया कार्यक्रम

turahi-news

तुरही न्यूज । २ पुस ०७५ । ललितपुर । एलपीजे फेलोसिप नेपालको आयोजनामा सानेपास्थित हिमालयन सुसमाचारीय मण्डलीमा एक दिने धार्मिक स्वतन्त्रता सम्बन्धी कानुनी परामर्श अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा ख्रीष्टियान एड्भोकेट्स नेपालका अध्यक्ष अधिवक्ता कैलाशमान शासंकरले नेपालको संविधान धारा २६ मा उल्लेखित धार्मिक स्वतन्त्रता सम्वन्धी प्रावधानहरु र भदौ १ गतेदेखि नेपाल सरकारले जारी गरेको मुलुकी अपराध संहिता २०७४ अनुच्छेद ९ मा उल्लेख भएका कानुनी प्रावधानका विषयमा उपस्थित सवैलाई जानकारी गराउनु भयो । 
उहाँले त्यसक्रममा संविधानत देश धर्म निरपेक्ष भइसकेको अवस्थामा मुलुकी अपराध संहितामा व्यवस्था भएको धर्म सम्वन्धी कसुर र संविधानको  धारा २६ का केही उपधारा अन्तराष्ट्रिय सन्धी सम्झौता र धार्मिक स्वतन्त्रताका विरुद्धमा रहेको बताउनु भयो ।
अन्तरक्रियामा पाटन क्वाइनोनिया ख्रीष्टिय मण्डलीका वरिष्ठ पास्टर डा.मंगलमान महर्जन, एकता वुक्सका प्रमुख रामचन्द्र तिमोथी, धार्मिक चौतारी नेपालका अध्यक्ष पास्टर टंक सुवेदी, अधिवक्ता दिनेश न्यौपाने, रेभ पास्टर विजय कर्माचार्य लगायतकाहरुले धार्मिक स्वतन्त्रता विषयमा आआफ्ना विचार व्यक्त गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा अधिवक्ता रामेश्वरी जोशीको संयोजकत्वमा सम्पन्न भएको थियो भने अन्तरक्रियामा काठमाडौं, ललितपुर, भक्तपुर,हुम्ला, धादिङ, सिन्धुपाल्चोक,चितवन, मकवानपुरलगायका पास्टरअगुवाहरु सहभागी थिए । 
अन्तरक्रिया कार्यक्रममा सहभागी देशका विभिन्न प्रदेशका पास्टरअगुवाहरुले देशको कानुन र धार्मिक स्वतन्त्रता विषयमा स्पष्ट भएको कुरा सहभागीहरुलाई उधृत गर्दै अन्तरक्रिया कार्यक्रमकी संयोजक अधिवक्ता रामेश्वरी जोशीले तुरहीलाई बताउनु भयो ।