'संविधान संशोधन गरेर देशलाई फेरी पनि हिन्दु राज्य वनाउँछु भन्ने कसैले नसोचे हुन्छ'-नेता महेश वस्नेत

turahi-news

तुरही न्यूज । ९ पुस ०७५ । काठमाडौं । पूर्व उद्योग मन्त्री तथा नेकपाका सांसद महेश वस्नेतले संविधनत देश धर्म निरपेक्ष भइसकेको अवस्थामा नेपाली कांग्रेसका नेताहरुले संविधान संशोधन गरेर फेरी पनि संविधानमा हिन्दु राज्य लेख्छु भन्नु दिवा सपना भएको जिकिर गर्नु भएको छ । 
 
आज पुस ९ गते उपत्याकाव्यापी ख्रीष्टजन्मोत्सव समितिले राजधानीमा आयोजना गरेको क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कंग्रेसलाई ब्यंग्य गर्दै उहाँले सो कुरा बताउँनु भएको हो । उहाँले धर्मलाई राजनीतिको दाउपेचको विषय बनाएर राजनीति नगर्न आग्रह गर्नुभयो । 
शुभकामना मनत्वयकाक्रममा उहाँले सम्पूर्ण नेपाली दाजुभाइदिदीवहिनीहरुलाई शुभकामना दिनुभयो । 
शुभकामना मनत्वयकाक्रममा उहाँले सम्पूर्ण नेपाली दाजुभाइदिदीवहिनीहरुलाई शुभकामना दिनुभयो । उहाँले भक्तुपुरमा भएका ख्रीष्टियानहरुको निम्ति भक्तपुरमा दाह संस्कार गर्ने जमिनको लागि उचित व्यवस्थाको लागि आफूले पहल गर्न लागेका पनि प्रतिद्धता जनाउनु भयो ।
 
संघीय सांसद वस्नेतले एसिया प्यासिफिक समिटपछि आलोचित वनेको ओली सरकारको भने वचाउ गर्नु भयो । उहाँले यो समिटमा विदेशका पाहुनाहरुलाई हाम्रो देशमा स्वागत गर्न पाउनु र उहाँहरुबाट केही सिक्नु राज्यको लागि केही नोक्सान नभएको दावी गर्नुभयो । 
 
कार्यक्रममा ख्रीष्टियान समुदायका विभिन्न चर्चका पास्टरअगुवाहरुले पनि शुभकामना दिएका थिए ।