देशभरका बिसौ लाख ख्रीष्टियनहरु भोली क्रिसमस मनाउँदै

turahi-news

तुरही न्यूज । ९ पुस ०७५ । काठमाडौं । नेपालका बिसौ लाख इसाई धर्मावलम्वीहरुले यस वर्षको क्रिसमस पर्व हर्षोल्लासमयले मनाउँने तयारीमा जुटेका छन् । नेपाली पात्रो अनुसार यस वर्षको क्रिसमस भोली पुस १० गते मंगलबार परेको छ । 
 
भोली क्रिसमसका दिन विहानै आआफनो चर्चमा भेला भएर आराधना गर्ने, प्रार्थना गर्ने, येशूको जन्मको संदेश वाड्ने, एकअर्कामा शुभकामना आदनप्रदान गर्ने, उपहार साटासाट गर्ने र संयुक्तरुपमा प्रिति भोजमा सहभागी हुने गर्छन । 
 
राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सीवी गहतराजले भोली पुस १० गते देशभरका बाह् हजारबढि चर्चका बिस लाख वढि ख्रीष्टियानहरु क्रिसमस मनाउँने तयारीमा जुटेका तुरही न्यूजलाई जानकारी गराउँनु भयो । उहाँले यस वर्ष नेपाल सरकारले क्रिसमसमा विदा नदिएका कारण धर्म निरपेक्ष र धार्मिक स्वतन्त्रताको उपहास भएको बताउनु भयो ।
 
येशू ख्रीष्टको जन्म दिनलाई विश्वभरमा क्रिसमस पर्वकोरुपमा हरेक वर्ष डिसेम्बर २५ मा मनाउँदै आएका छन् । क्रिसमसका दिन उपहार साटासाट गर्ने, येशूको जन्मका भजनगीतहरु गाउँने, शुभकामना आदनप्रदान गर्ने चलन छ । 
 
त्यसैगरि आज पुस ९ गते उपत्यकाका चर्चहरुको संयुक्त आयोजनामा राजधानीमा क्रिसमस कार्यक्रम सम्पन्न भएको छ भने भोली पुस १० गते ३ बजे राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले नेपाल एकाडेमी हलमा क्रिसमस उत्सव मनाउँदै छ ।