ख्रीष्टियान महासंघले आज राजधानीमा क्रिसमस महोत्सव मनाउँदै

turahi-news

तुरही न्यूज । १० पुस ०७५ । राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले गत वर्ष झै यस वर्ष पनि क्रिसमसका दिन पुस १० गते मंगलबार कमलादीस्थित नेपाल एकाडेमी हलमा क्रिसमस महोत्सव २०७५ मनाउँने भएको हो । 
महासंघका अध्यक्ष सीवी गहतराजका अनुसार भोली अपराह्न ३ बजे नेपाल एकोडेमी हलमा क्रिसमस महोत्सव आयोजना गरिने बताउनु भयो । उहाँले राष्ट्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यमा यस वर्षको क्रिसमस महोत्सव वडा हर्षोल्लासमयले मनाइने तयारी अन्तिम चरणमा पुगी सकेको जानकारी गराउनु भयो ।
 
क्रिसमस महोत्सवमा राजधानीका सम्पूर्ण चर्चका पास्टरअगुवाहरु र चर्चका सर्वसाधारण सदस्यहरु सहभागी भइदिन हुन महासंघले सवैलाई अपिल समेत गरेको छ । आज तीन बजे क्रिसमस महोत्सव सुरु हुने भएको र अपराह्न ४ बजेदेखि ६ बजेसम्म नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।