प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेरको नाम सर्वसम्मत अनुमोदन

turahi-news

काठमाडौं–  प्रस्तावित प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतिबाट स्वीकृत भएको छ ।  मङगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले राणाको नाम सर्वसम्मत रुपमा स्वीकृत गरेको हो । 
 
समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए ।  राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् ।
 
राणाले न्यायाधीश हुँदा गरेका फैसला विवादित रहेकाले उनलाई प्रधानन्यायाधीश बनाउन नहुने मत रहँदै आएको थियो ।