संयुक्त इसाई गोठालो संगतिद्धारा क्रिसमस तथा सम्मान कार्यक्रम

turahi-news

जगदिश चौधरी, १५ पुस ०७५ । काठमाडौं । संयुक्त इसाई गोठालो संगतिको आयोजनामा गत शनिबार पुस १४ गते सामाखुशीस्थित आशिष् इभानजलिकल चर्चमा क्रिसमस शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
 
संयुक्त इसाई गोठालो संगति अन्तर्गतका राजधानीका विभिन्न चर्चका पास्टरअगुवाहरु भेला भई एकापसमा क्रिसमसको शुभकामना र गोठालो संगति अन्तर्गतका २० वढि पास्टरहरुलाई रेभरेण्डको लागि अभिषेक गरिएको छ । उनीहरुलाई बीस वर्ष भन्दा लामो समयदेखि पास्टररिय सेवामा लाग्नु भएका पास्टरगुवाहरुलाई रेभेरेण्डमा अभिषेक गरिएको हो ।
कार्यक्रममा रेभ पास्टर डा. मंगलमान महर्जनले अर्थपूर्ण वचन प्रचार गर्नुभयो । 
त्यसैगरि उक्त समारोहमा देशका विभिन्न बाइबल कलेजबाट बाइबल थ्योलोजीमा डक्टरको उपाधी पाउनुहुने करिव एक दर्जन पास्टरहरुलाई पनि प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।