त्रिभुवन विमानस्थलको सञ्चार उपकरण बिग्रदा उडान प्रभावित

turahi-news

२४ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा खराबी आएपछि उडान प्रभावित भएको छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार भीसीसीएस बिग्रिएकाले त्यसलाई परिवर्तन गर्ने काम भइरहेको जानकारी दिए ।
 
एरिया एप्रोचको पावर सप्लाईमा समस्याका कारण भीसीसीएस गएको हो । भीसीसीएस बिग्रिएको कारण  उडान प्रभावित भएको छ  । अराइभलमा डिस्टर्ब नभए पनि  डिपार्चरमा अलि–अलि डिस्टर्ब महाप्रवन्धकले जनाएको छ  ।
 
काठमाडौं उपत्यका भित्रको सञ्चारका लागि विमानस्थल टावरले काम गर्छ भने बाहिरको क्षेत्रका लागि भीसीसीएस उपकरण चाहिने उनले बताए ।
 
महाप्रवन्धक क्षेत्रीले विमानस्थलको टावरमा भने कुनै समस्या नरहेको जानकारी दिए ।