इजरायली राजदूत बाससहित दूतावासका कर्मचारीद्वारा नेपालमा मतदान

तुरही न्यूज । काठमाडौं, १५ अक्टोबर । नेपालस्थित इजरायलका राजदूत श्मुलिक एरिए बाससहित दूतावासका कर्मचारीले नयाँ इजरायली संसद् (नेसेट) चयनका लागि आज नेपालस्थित इजरायली दूतावासबाट मतदान गरेका छन्।


मतदानपछि सिलबन्दी गरिएका मतपत्रका खामहरू हवाईमार्गबाट इजरायल पठाइने र त्यहाँ मतगणना गरिने दूतावासले जनाएको छ। इजरायलमा व्यवस्थापिका निर्वाचन आगामी २७ अक्टोबर २०२६ मा हुँदैछ।

मतदानपछि राजदूत बासले आजको दिनलाई इजरायलको लोकतन्त्रका लागि विशेष दिनका रूपमा उल्लेख गरे। उनले अघिल्लो संसद्को निर्वाचन भएको चार वर्षपछि कानुनअनुसार नयाँ संसद् चयनका लागि मतदान भइरहेको बताए।

“आज हामी नयाँ संसद्का लागि मतदान गर्दैछौँ। लोकतान्त्रिक राज्यको नागरिकका रूपमा म आफ्नो मतदान अधिकार प्रयोग गरिरहेको छु,” राजदूत बासले भने।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस