एनसिएफ–नेपालको नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सम्पन्न

 

ललितपुर, ०१ जेठ ०८३ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) को नयाँ नेतृत्व चयनका लागि अध्यक्षसहित विभिन्न पदमा मनोनयन दर्ता सम्पन्न भएको छ ।

शुक्रबार कुसुन्तिस्थित एनसीएफ नेपालको केन्द्रीय कार्यालयमा निवेदन र धरौटी रकमसहित विभिन्न पदका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको हो ।

 

अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ । शुक्रबार अध्यक्षका लागि मनोनयन दर्ता गर्नेहरूमा पास्टर बीर बहादुर कार्की, पास्टर देवकुमार क्षेत्री, पास्टर किरणकुमार परियार र पास्टर निश्चल थिंग रहेका छन् ।

 

त्यस्तै, उपाध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरूमा पास्टर हर्कबहादुर खड्का, पास्टर शिवहरि भट्टराई, पास्टर सिमोन राई, पास्टर आईतसिंह तितुङ र पास्टर तारासिं गुरुङ रहेका छन् ।

 

सचिव पदका लागि पास्टर कुमार गुरुङ, पास्टर ईश्वर प्रताप लामा, पास्टर जितमान राई, प्रकाश विक्रम भाट र पास्टर हिमाल राईले उम्मेदवारी दर्ता गराएका छन् ।

 

त्यसैगरी, कोषाध्यक्ष पदका लागि दुई जनाले मात्र मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरूमा पास्टर इन्द्र (तिमोथी) बहादुर दाहाल र पास्टर वीर बहादुर तामाङ रहेका छन् ।

 

पाँच सदस्यीय कार्यसमिति पदका लागि भने पास्टर बोधराज सुनुवार, पास्टर जन्मजय भट्टराई, पास्टर राजकुमार घिमिरे, पास्टर छविलाल मोक्तान, पास्टर महेशसिंह दोंग, पास्टर पदमप्रसाद सेढाई र पास्टर उदयराज भाटले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता गराउनेहरुमा प्रकाशविक्रम भाट बाहेक सवै चर्चका पास्टरहरु नै छन् । 

एनसिएफ–नेपालको राष्ट्रिय महाधिवेशन आगामी जेठ १८ र १९ गते ललितपुरको सानेपास्थित आराधना चर्चमा आयोजना हुँदैछ । निर्वाचन समितिका संयोजक पास्टर चन्द्रमान नेपालीका अनुसार जेठ १८ गते उद्घाटन सत्र हुनेछ भने जेठ १९ गते निर्वाचन प्रक्रिया सम्पन्न गरिनेछ ।

एनसीएफ नेपाल निर्वाचन समिति–२०८२ का निर्वाचन संयोजक चन्द्रमान नेपालीका अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्य पदका लागि कुल २३ जनाले मनोनयन दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस