पास्टर याम सिवाको जीवनीमा आधारित पुस्तिका ‘जीवनको यात्रा, अब मेरो पनि’ लोकार्पण
काठमाडौं, जुन ३०, २०२६ — अमेरिकास्थित ‘जीवनको यात्रा’ युट्युब च्यानलका सञ्चालक तथा कार्यक्रम प्रस्तोता पास्टर याम सिवाको जीवनीमा आधारित ‘जीवनको यात्रा, अब मेरो पनि’ नामक पुस्तिका लोकार्पण गरिएको छ।
उक्त पुस्तिका अमेरिकाको ह्यारिसबर्ग भुटानी नेपाली चर्चेज अफ अमेरिकाद्वारा भुटानी नेपाली इभान्जेलिकल चर्च अफ ह्यारिसबर्गमा फेब्रुअरी १३ मा आयोजित पास्टर तालिमका अवसरमा रेभ. पास्टर डा. मंगलमान महर्जनको बाहुलीबाट लोकार्पण गरिएको हो। सो अवसरमा डा. महर्जनले परमेश्वरमा समर्पणको प्रार्थना गर्दै पुस्तकको औपचारिक लोकार्पण गर्नुभएको थियो।

लेखक पास्टर याम सिवाका अनुसार पुस्तिकामा उहाँले दुई पटक स्ट्रोकको सामना गरेपछि परमेश्वरले आश्चर्यजनक रूपमा दिनुभएको चंगाई र जीवन परिवर्तनको प्रेरणादायी गवाही समेटिएको छ। उहाँले पुस्तक नेपाली भाषामा लेखिएको बताउँदै यसले सबै उमेर समूहका पाठकलाई विश्वास, आशा र साहस प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
सिवाले आगामी जुलाई २ देखि ४ तारिखसम्म अमेरिकाको सिनसिनाटीमा आयोजना हुने बीएनसीए (BNCA) शिखर सम्मेलनमा पनि उक्त पुस्तिका उपलब्ध गराइने जानकारी दिनुभयो। सम्मेलनमा सहभागी नेपालीभाषी विश्वासीहरूले पुस्तक प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो।








(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस