बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा इसाई समाज इलामको १० लाख ४८ हजार ५ सय १० रुपैयाँ सहयोग

तुरही न्यूज । काठमाडौं । बाढीपीडित परिवारको राहत तथा सहयोगका लागि इसाई समाज इलामले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ४८ हजार ५ सय १० रुपैयाँ सहयोग गरेको छ।

जिल्ला इसाई समाज इलामले बाढी प्रभावित परिवारका लागि संकलन गरेको उक्त रकम समाजका सचिव तथा न्यू लाइफ एपोस्टोलिक चर्च, इलामका पास्टर अशोक गुरुङमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

उक्त रकममा जिल्लाअन्तर्गतका विभिन्न स्थानीय इसाई समाजहरूको योगदान रहेको छ। सहयोग गर्ने संस्थाहरूमा: नगर इसाई समाज इलाम, माई नगर इसाई समाज, चुलाचुली इसाई समाज, माङसेबुङ इसाई समाज, देउमाई नगर इसाई समाज, माईजोगमाई इसाई समाज, रोङ इसाई समाज, फाकफोकथुम इसाई समाज, माङसेबुङ इसाई समाज, सन्दकपुर इसाई समाज र सूर्योदय नगर इसाई समाज रहेका छन्।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस