एनसीएफ नेपालको नवनिर्वाचित नेतृत्वलाई आशिष प्रेस्बिटेरियन चर्च काउन्सिलद्वारा बधाई तथा शुभकामना
काठमाडौं । हालै सम्पन्न नेपाल चर्च फेलोसिप (एनसीएफ) नेपालको ६६औँ वार्षिक साधारणसभा तथा महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेभ. डा. किरण कुमार दाश तथा सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई आशिष प्रेस्बिटेरियन चर्च काउन्सिलले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
आशिष प्रेस्बिटेरियन चर्च काउन्सिलका प्रतिनिधिहरूले एनसीएफ नेपालको केन्द्रीय कार्यालय पुगेर नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै विशेष प्रार्थना गरेका थिए।
काउन्सिलका मोडरेटर रेभ. डा. महेन्द्र भट्टराई, उप-मोडरेटर रेभ. ध्रुव अधिकारी, महासचिव रेभ. कुबेर गुरुङ तथा युवा अगुवा लाजरस थुलुङ राईको टोलीले अध्यक्ष दाशसहित सम्पूर्ण नेतृत्व टोलीलाई बधाई ज्ञापन गरेको थियो।

भेटघाटका क्रममा आगामी दिनहरूमा एनसीएफ नेपाल र आशिष प्रेस्बिटेरियन चर्च काउन्सिलबीच आपसी सहकार्य, साझेदारी तथा मण्डलीहरूको सशक्तीकरणका विषयमा समेत सकारात्मक छलफल भएको जनाइएको छ।
काउन्सिलका पदाधिकारीहरूले नवनिर्वाचित नेतृत्वले नेपाली चर्च समुदायको एकता, सेवाकार्य र आध्यात्मिक उन्नतिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, एनसीएफ नेपालको आगामी कार्यकाल सफल, फलदायी र आशिषमय रहोस् भन्ने कामना गर्दै संयुक्त रूपमा प्रार्थना गरिएको थियो।









(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस