संयुक्त नेपाली चर्चको १९औं वार्षिकोत्सव सम्पन्न 

तुरही न्यूज । २६ जेठ ०८२ । काठमाडौं । इस्राएल तेलअभिवस्थित संयुक्त नेपाली चर्चले आफ्नो स्थापनाको १९औं वर्षगाँठ विविध कार्यक्रमको आयोजना १९औं वार्षिकोत्सव मनाएको छ । 


१९औं वार्षिकोत्सव जुन तेइस तारिख तेलअभिवस्थित चर्च सेवा हलमा विविध कार्यक्रमको  आयोजना गरि भव्यवतासाथ मनाइएको कुरा पास्टर मिना थेबेले तुरहीन्यूजलाई जानकारी गराउनु भएको छ । 


हरेक वर्ष चर्चले आफ्नो स्थापनाको वर्षगाँठ अवसर पारेर इस्राएलमा भएका अन्य नेपालीभाषी चर्चका पास्टर तथा अगुवाहरुलाई समेटेर वार्षिकोत्सव मनाउने गरेको श्रोतले जनाएको छ । हरेक वर्ष चर्चले आफ्नो स्थापनाको वर्षगाँठ अवसर पारेर इस्राएलमा भएका अन्य नेपालीभाषी चर्चका पास्टर तथा अगुवाहरुलाई समेटेर वार्षिकोत्सव मनाउने गरेको श्रोतले जनाएको छ । कार्यक्रममा यरुशलेमस्थित भिजन नेपाली चर्चकी पास्टर मिल्दा दाहाल पनि अतिथिकोरुपमा सहभागी हुनुहुन्थ्यो । 
संयुक्त नेपाली चर्च इस्राएलको पहिलो नेपालीभाषी चर्च हो । 

१९औं वार्षिकोत्सवको तस्विर कथा: 

 


प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस