चर्च र राजनीति

परिचय ः

देशको राजनीतिले त्यहाँको मण्डलीलाई प्रभाव पारेको हुन्छ । नेपालको राजनीतिले पनि यहाँका ख्रीष्टियन मण्डलीहरुलाई प्रत्यक्ष प्रभाव पारेको छ । यस देशका ख्रीष्टियनहरु यस देशका नागरिकहरु हुन् र नागरिकहरुमा राज्यले प्रदान गरेको नागरिक हकलाई राजनितिसँग जोडिदिंदा यहाँका मण्डलीहरुलाई ठूलो आपत्तिजनक प्रभाव परेको छ । मण्डली ऐतिहासलाई फर्केर हेर्दा पनि हामी यही पाउछौ कि राजनीतिले कहिलै पनि मण्डलीलाई यसको दर्शन अनुसार अघि बढ्न दिएन र आज नेपालका मण्डलीहरुले महसुस गरेको यो तितो सत्य हो । राज्यको नीतिसँग हिड्नु राजनीति होईन, राज्यको प्रशासन क्षेत्रमा ख्रीष्टियनहरु रहनु पनि राजनीति होईन, राज्यको सरकारमा ख्रीष्टियन व्यक्तिहरु रहनु पनि राजनीति होईन तर राजनीति दल खोलेर वा कुनै पनि दलसँग आबद्ध भएर नेताहुनु चाँही राजनीति हो । एक नागरीकसँग भोट हाल्ने मौलिक अधिकार हुन्छ र कुनै पनि राजनीतिज्ञालाई उसले आफ्नो मत दिन सक्दछ । ख्रीष्टियन मण्डली कुनै राजनीति दल वा नेतासँग आबद्ध रहेर राजनीतिमा सहभागी हुनु मण्डलीको लागी ठूलो घात हुनजान्छ ।

(क) कारणहरु किन मण्डली राजनीति दलमा सहभागी हुनुहु”दैन ...

१. बाइबलले हामीलाई राजनीतिक दलका कृयाकलापहरुमा सहभागी हुने निर्देशन गर्दैन ।

(२ कोरिन्थी १०ः३–४)

मण्डलीको मिसन ः ख्रीष्ट येशूले मानिसको उद्धारको कार्यलाई पूरा गर्नको लागी आफ्नो जीवन बलिदान गर्नु भयो । उहाँ यस संसारमा रहँदा बिरामीलाई निको पार्नु भयो, गरिबलाई सहायता गनर्स भयो, मरेकाहरुलाई जीवित पार्नु भयो, दबिएका र कम्जोरहरु तथा बन्दन्मा परेमकाहरुलाई स्वतन्त्र गर्नु भयो । उहाँले भोकाहरुलाई खुवाउनु पनि भयो । तर उहाँले आफ्नो प्राण चाँही सबै जातीका मानिसहरु परमेश्वरमा बाँचुन र उद्धार पाउन भनेर बलिदान गर्नु भयो । उहाँ स्वर्गरोहण हुनु अघि उहाँको उद्धारको कार्यलाई पुरा गर्न यस पृथ्विमा कुनै संघसंगठन तथा राजनीति दल खोल्नु भएन तर मण्डली स्थापना गर्नु भयो । प्रभु येशूले मण्डलीलाई दिएको मिसनको कारण पनि मण्डली राजनीति दल खोल्नु तथा राजनीति कृयाकलापहरुमा सहभागी हुनुहुँदैन ।

महान आज्ञा पुरा गर्न ः संसारका सबै जातीहरुले सुसमचार सुन्नु पर्दछ । राजनीतिले समाजमा विभाजन र बिरोध ल्याउंदछ । एक ख्रीष्टियन राजनीतिक नेताले सबै जातीका मानिसहरुमा सुसमचार लैजान उसको राजनीतिक बिचार नै बाधक बनिदिन्छ । सबै मानिसहरुमा सुसमचार प्रचार तथा येशूको उद्धारको कार्यलाई पुरा हुन दिनको पनि मण्डली राजनीतिमा सहभागी हुनुहुँदैन ।

२. येशू ख्रीष्टले राजनीतिक अर्थमा परिवर्तन ल्याउन खोज्नु भएको होईन ।

धर्मशास्त्र बाइबलले हामीलाई सपष्ट सिकाएको छ कि प्रभू येशू राजनीतिबाट सधै टाढा बस्नु भयो । यशूदीहरुले राजनीतिक परिवर्तनको आशा मसिहमाथी गरेका थिए । येशू ख्रीष्टलाई जोवलटहरुले उहूदीहरुको लागी कुसल शासक बनाउन चहान्थे, तर उहाँ तिनीहरुसँग मिल्नु भएन । र राजनीति सहभागीता देखी अलग बस्नु भयो । किनकि उहाँको परिवर्तन राजनीति परिवर्तन थिएन ।

येशू ख्रीष्टले कहिले पनि भौतिक राज्यको बारेमा तथा राजनीतिक दमन, शोषण तथा शासनको बारेमा बोल्नु भएन । तर परमेश्वरको आशिष र उहाँबाटको अवसरहरु खोसिएकोमा सचेत गराउनु भयो । भेलाहरुको आयोजन गरि परमेश्वरको वचन सिकाउनु भयो । तर राजनीतिक सभाहरु गर्नु भएन । उहाँ राजनीति देखी धेरै होशियार हुनुहुन्थ्यो, यति सम्मकी उहाँले इस्राएलको लागी प्रार्थन गर्न उत्साह दिनु भयो । उहाँ आफैले प्रार्थना गर्नु भयो । तर उहाँले कहिले पनि राष्ट्रिय प्रार्थन दिवसको आयोजना गर्नु भएन ।

३. प्रेरितहरुको सेवाहरुको ढाँचा सुसमचार प्रचार गर्नु थियो तर सरकार बनाउनु थिएन ।

राजनीतिक शक्तिहरुलाई हाँसिल गरी सरकार परिवर्तन गर्ने जस्ता कार्य नगर्न बाइबलले बताउने मात्र होईन येशूका चेलाहरुले त सरकार सुधार गर्ने जस्ता कार्यहरु पनि गरेनन् । तर सुसमचार प्रचार, चेलापन सेवाकाइ तथा मिसनको कार्यद्धारा समाजीक परिवर्तन गर्ने कार्य निरन्तर गरिरहे । त्यस कारण हामी मण्डलीलाई राजनीति नगरीकन मानिसलाई ख्रीष्टमा जीत्ने कार्यको बोलावट भएको हुनाले मण्डली राजनीति सहभागीताबाट टाढै रहनु पर्दछ ।

४. बाइबलीय तथा राजनीति विषयहरु आपसमा बिरोधाभाष हुन्छन् ।

परमेश्वरको विधि र संसारको विधिहरु भिन्न छन् । त्यसैकारण परमेश्वरको वचनले भन्दछ संसारसँग एकै चालको भएर नबस, संसारका कुराहरु माथिबाटका होईनन् । राजनीति परमेश्वरको इच्छा होईन त्यसैकारण राजनीति विषयहरु र बाइबलीय विषयहरु आपसमा बिरोधाभाष छन् । उद्धाहरणको लागी लिन सक्दछौं ।

गर्वपतन ः नेपालको कानूनले गर्वपतनलाई बैधानिकता दिएको छ । राजनीतिक दलहरुले नै यस प्रकारको कानूनको निर्माण गरेको हुन । नेपालका अस्पतालहरुले खुलारुपमा गर्वपतनको सेवाहरु दिन्छन् । तर बाइबलले गर्वपतन गर्नु पाप हो भन्दछ । हामी ख्रीष्टियनहरुले जिउँने पहिलो आधार चाँही बाइबल नै हो । त्यसकारण हामी गर्वपतन ठीक छ भनी विश्वास गर्दैनौ । यो त सानो उद्धाहरण मात्र हो त्यहाँ धेरै धेरै विषयहरु छन त्यसकारण मण्डली राजनीतिबाट अलग रहनु पर्दछ । जब हामी राजनीतिमा सहभागी हुन्छौ तब गर्वपतनको विरोधमा आवाज उठाउन सक्दैनौ र पाप कार्यमा सम्झौता गर्दछौं ।

समलि·ी विवाह ः एकै किसिमका लि·हरुको वीच विवाह हुनु पाप हो । परमेश्वरले नर र नारी गरी सृष्टि गर्नु भयो । विवाह पनि नर र नारीको वीच हुनु पर्ने धर्मशास्त्रीय विधि छ । जब हामी राजनीतिमा दल खोली वा दलसँग सहभागी भएर राजनीति गर्दछौ तब समलि·ी विवाहको पक्षमा उभिएका हुन्छौ जो बाइबल अनुसार पाप हो । कर छली गर्ने, झूटो गवाही दिने, हत्या हिंसा गर्ने र गर्न प्रेरणा दिने आदी कार्यहरु राजनीतिक दलहरु तथा राजनीतिमा सहभागी हुनेहरुद्धारा हुने गर्दछ । यि सबै कार्यहरु बाइबलको बिरोधमा छन् र यिनीहरुलाई पाप कार्य भनी भनिन्छ । त्यसै कारण हामी मण्डलीहरु राजनीतिमा सहभागी नहुनु नै असल हुन्छ ।

५. आत्मिकी रुपान्तरणको सट्टामा राजनीतिक सुधरवाद हावि हुन्छ ।

साँचो परिवर्तन परमेश्वरबाटमात्र आउंदछ । कुनै पनि राजनीति दलबाट साँचो परिवर्तन आएको एतिहास छैन । राजनीतिक परिवर्तन केबल केही क्षणका लागी हुन्छ र यो अस्थाई हुन्छ । तर मण्डलीले त अनन्त सम्मको परिवर्तन परमेश्वरमा हुने सदासदाको परिवर्तनको काम गर्नु पर्दछ । राजनीति केबल सरकार बन्नका लागी मात्र गरिन्छ र सरकारले कहिले पनि मानिसको हृदयलाई परिवर्तन गर्न सक्दैन । राजनीति वीचारहरु परिवर्तन भईरहन्छन् तर परमेशवरको सत्यता अनन्तसम्म स्थिर रहन्छन् । साँचो रुपान्तरण सरकारले होईन तर परमेश्वरले मानिसको हृदयमा गर्नुहुन्छ । राष्टिय विनाश कानुन्ले होईन मानिसले गर्ने गर्दछन र कानुनले मानिसलाई बचाउदैन तर परमेश्वरले मात्र बचाउनु हुन्छ । त्यस कारण मण्डली सधै राजनीतिबाट अलग रहनु पर्दछ ।

६. राजनीति सहभागिताद्धारा ख्रीष्टियन सन्देशको पवित्रता तथ शुद्धताको नष्ट हुन्छ ।

राजनीति दलहरुमा सक्रियहुनेहरुको नैतिक चरित्र उत्तम् हुदैन किनकि राजनीतिको उद्देश्य र गन्तव्य चाँही साशक बन्नु हो । तर मण्डलीको उद्देश्य र गन्तब्य चाँही सेवक बन्नु हो । साब्दिक अर्थमा यि दुबै बिपरीत अर्थ राख्ने कुराहरु हुन् । मण्डली र राजनीति दुबै सामाजिक कार्यहरुमा समान देखिएता पनि यिनका पछाडी रहेको सत्यता र उद्देश्य भने एक आपसमा विपरित छन् । ख्रीष्टलाई विश्वास नगर्नेहरुसँग एउटै उद्देश्य बनाउन सकिदैन । मण्डलीको समाजिक कार्यहरुको प्रेरणा ख्रीष्ट हुनुहुन्छ तर राजनीति दलहरुको प्रेरणा चाँही सत्ता आर्जन गर्ने र शासक बन्ने मात्र हो । मण्डली र राजनीति सँगसँगै रहँदा ख्रीष्टयन सन्देशको पवित्रता तथा शुद्धताको विनाश हुनजान्छ । जसको कारण राजनीति र मण्डली सँगसँगै जान सक्तैन ।

७. हाम्रो राजनीतिक विचारहरुले हाम्रो सेवालाई बाधा दिन्छ ।

मानिसहरुसँग हाम्रो राजनीति विचारहरु नमिल्न सक्छन् (१ कोरिन्थी ११ः१) । तर हामीले सबै खाले विचार भएका मानिसहरु वीच सुसमचार प्रचार गर्नुपर्दछ र सबै भाषा तथा जातीहरु कहाँ मण्डली स्थापना गर्नु पर्दछ । सुसमचारको खातिर हामी सबैका लागी सबै कुराहरु हुनु पर्दछ (१ कोरिन्थी ९ः१९–२३) । तर राजनीतिमा भएको हाम्रो सहभागीताले हामीलाई विभाजित गर्दछ र सबै मानिसहरुमा सुसमचारको सेवा हामी गर्न सक्दैनौं । मण्डली तथा सबै विश्वासीहरुलाई ख्रीष्टको महान आज्ञा पूरा गर्ने दायित्व प्रदान गरिएको छ । यसकारण हाम्रो राजनीति विचारहरुले हाम्रो सेवालाई बाधा दिदँछ ।

८. राजनीतिक उपलब्धीहरु केबल समन्य धरातलिय तथा क्षेणिक हुन्छन् ।

राजनीति सफलताहरु बहुमतबाट नै उपलब्ध हुनु पर्ने हुन्छ तर ख्रीष्टियन तथा मण्डलीहरु सधै अल्पमतमा हुन्छन् (मत्ती ७ः१३–१४) । नैतिक सवालहरु तथा परिवर्तनहरु राजनीति दलहरुले उठाउनेछन् तर ति उपलब्धी परिवर्तनका लागी नभएर सत्ता हाँसिल गर्नका लागी भएको हुनाले तिनै राजनैतिक व्यक्तिहरुद्धारा अनैतिक कार्य गरिन्छ । तसर्थ राजनीतिक उपलब्धीहरु केबल समान्य धरातलीय तथा क्षेणिक हुन्छन् । साँचो रुपान्तरण मण्डलीद्धारा मात्र परमेश्वरले गर्नु हुने भएकाले मण्डली राजनीतिबाट सदा अलग रहनु उत्तम हुन्छ ।

(ख) ख्रीष्टियन राजनीतिक दलमा सहभागीताका लागी तर्कहरु ः

विभिन्न ख्रीष्टियन अगुवाहरुबाट मण्डली राजनीतिमा सहभागीता हुनु पर्ने वहसहरु चलाईएको पाईन्छ । वास्तवमा ति ख्रीष्टियन अगुवाहरु पनि मौकामा चौका हान्न पाईन्छ कि भन्ने अवसरका पछि कुँदेकाहरु मात्र हुन् । मण्डलीहरुलाई भोटबैंक बनाएर स्वर्थपूरा गर्न सकिन्छ कि भन्ने उनीहरुको नैतिकहिन प्रयासमात्र हो । उनीहरु भन्दछन् ...

१. राजनीतिमा सहभागी नहुने निर्णयले हामीले हाम्रो सरकार जहिले पनि अख्रीष्टियनहरुको हातमा सुम्पिन्छौं ।

मत्ती ७ः१२–१३ ः हामी ख्रीष्टियनहरु जहीँले पनि सिमित छौं र हुन्छौ । प्रेरितहरु कहिले पनि सरकारको ढाँचा परिवर्तन गर्न तिर लागेनन् । मण्डली इतिहासले पनि सिकाउंदछ कि सरकारमा भएको मण्डलीको हातले मण्डली माथि घात नै भएको थियो, भएको छ र अब पनि घात नै हुनेछ ।

२. यदि हामीले राजनीतिमा सहभागीता गरेनौं भने हाम्रो स्वतन्त्रता अरुहरुद्धारा खोसिनेछ ।

हितोपदेश २१ः१, मत्ती १६ः१८ ः हाम्रो स्वतन्त्रता सिमान्तकृत गरिएला तर खोसिने भने कहिलै छैन । मण्डली ऐतिहासमा हामीले देखोका छौ कि सिमान्तकृतलाई परमेश्वरले आशिषमा बदल्नु भएको छ ।

३. मण्डली चाँही संसारमा नुन र ज्योती हुनलाई परमेश्वरले बोलावट दिनु भएको छ ।

मत्ती ५ः१३१६ ः यो सत्य हो कि हामीहरु यस देशको नागरीक भएकोले सरकारमा सहभागी हुनलाई अवसरहरु छन् तर यो पनि सत्य हो कि हामीलाई सरकारमा सहभागी हुनै पर्ने उत्तरदायित्व चाँही छैन । राज्यले पनि हामीलाई स्वतन्त्रता दिएको छ छनोट गर्नका लागि साथै धर्मशास्त्र बाइबलले पनि हामीलाई सरकारमा जना पर्ने आज्ञा गर्दैन । देशको लागी नून र ज्योती हुनलाई हामीले नै छनोट गर्नु पर्दछ कि कसरी असल कार्यहरुद्धारा यस देश र समाजको लागि नुन र ज्योति बन्न सक्दछौ । के हामी राजनीति दल खोलेर वा सहभागी भएर जानु पर्दछ त ? होईन, हामी ख्रीष्टको प्रेमद्धारा नै नुन र ज्योति बन्नु पर्दछ ।

(ग) मण्डली र विश्वासी ः

मण्डली भनेको भवन होईन तर विश्वासीहरुको समुह हो । हरेक व्यक्ति तथा विश्वासीजन मण्डली हो । ख्रीष्टमा भएका विश्वासीहरु नै मण्डली हुन् (कलसी १ः२४) । तसर्थ विश्वासी नै मण्डली र मण्डली नै विरशवासी भएको हुनाले यि एक आपसमा अलग हुन नसक्ने सत्यता हो ।

हामीहरु प्रभु येशू ख्रीष्टका चेलाहरु भएको कारण हरेक समय ख्रीष्टको प्रतिनिधित्व गरेका हुन्छौं । र हामी ख्रीष्टको पहिचानलाई आफ्नो जीवनमा धारणा नगरीकन सठिक प्रकारले राजनितिमा सहभागी हुन सक्दैनौ । तसर्थ हाम्रो सहभागीताले ख्रीष्टको प्रतिबिम्ब गरेको हुन्छ । मण्डलीको शिर को हुनुहुन्छ (एफिसि ५ः२२)? माथिका हरेक वीचारहरु प्रत्येक विश्वासीहरु मण्डली झै राजनितिमा हुने सहभागीताको सम्बन्धमा अलग रहनु पर्ने कुराहरु हुन् ।

निष्कर्ष ः

हाम्रो मण्डलीको विश्वास र बाइबलीय शिक्षाको कारण पनि हामी मण्डली राजनीतिमा सहभागी हुने छैनौ । साथै समुहिकरुपमा हामी कुनै पनि राजनीतिक दल तथा समुहको सम्बन्धमा प्रशिक्षण तथा समर्थन आदि गर्ने छैनौं । यो नितान्त निजि तथा व्यक्तिगत विषय भएको हुनाले व्यक्तिगत ज्ञान र पवित्र आत्माको अगुवाई बुझ्न हामी हरेक विश्वासीहरुलाई प्रेरणा दिन्छौं ।

कुनै पनि विश्वासी तथा मण्डलीको सदस्य राजनीतिमा जान चाँहनु हुन्छ भने मण्डलीलाई प्रभाव नपार्ने गरी जान सक्नु हुनेछ । तर मण्डलीको अगुवा क्षेत्रमा सेवारत हुनुहुन्छ भने उहाँ सबै प्रकारका उत्तरदायित्वहरुबाट अलग्गीनु पर्दछ । उहाँ एक आत्मिकी अगुवा नभईकन साधरण सदस्य मात्र हुनुहुनेछ र मण्डलीमा आत्मिकी शिक्षाहरु सिकाउने, प्रशिक्षण गर्ने, अगुवाई गर्ने जस्ता दायित्वमा रहन सक्नुहुने छैन । राजनीति र मण्डली नितान्त अलग क्षेत्रहरु भएकाले हामीले स्पष्टरुपमा मण्डलीलाई राजनीतिबाट पृथक राख्नु पर्दछ ।

 

प्रतिकृया दिनुहोस