न्यू लाइफ चर्च अमेरिकाद्वारा रसुवाका बाढीपीडित ५५ घरधुरीलाई ५ लाख ६० हजार राहत वितरण
तुरही न्यूज । १४ अक्टोबर २०२६ । अमेरिकास्थित न्यू लाइफ चर्चले रसुवाका बाढीपीडित ५५ घरधुरीलाई ५ लाख ६० हजार रुपैयाँ राहत वितरण गरेको छ।
मंगलबार (१३ अक्टोबर) न्यू लाइफ चर्चका पास्टर दिमेस खरेलको संयोजनमा अमेरिकाबाट आएका पाँच जना पास्टरको टोली बाढी प्रभावित क्षेत्र रसुवाको चिलिमे पुगेको थियो। टोलीले आमाछोदिङ्मो गाउँपालिका–२ र ३ का बाढीपीडित ५५ घरधुरीलाई राहत वितरण गरेको हो।
न्यू लाइफ चर्चका पास्टर दिमेस खरेल, आमाछोदिङ्मो गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङ, वडा नं. २ का अध्यक्ष सुरेन्द्र तामाङ र वडा नं. ३ का अध्यक्ष लाक्पा कामी तामाङले संयुक्त रूपमा राहत वितरण गरेका थिए।

चर्चले प्रत्येक बाढीपीडित घरधुरीलाई १२ हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ। विपद्बाट प्रभावित स्थानीय परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहयोग गरिएको हो।
बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी गरिएको यस सहयोगले पीडित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ।











प्रतिकृया दिनुहोस