सडक बालकदेखि चर्चको पास्टरसम्म
बि.सं. २०३६ साल माघ २६ गते सोमबारका दिन बुवा सुकराज नेम्वाङ र आमा संचरानी नेम्वाङको कोख बाट कान्छो छोरोको रुपमा पाँचथर जिल्ला इम्बुङ गा.बि.स. वडा नं. ४ अर्थात् फाल्गुनन्द गाउँपालिका वडा नं. २ मा उज्जल सुब्बाको निम्न परिवारमा जन्म भयो ।
आज भोलि भन्दै उनको बाल्य अवस्था हुर्कदै थियो । त्यहाँका उनी सरहका साथीहरु स्कूल जान्थे तर उनी भने स्कूल अध्ययन गर्ने अवसर पाएनन् । निम्न आय भएको साधारण परिवारमा जन्मेकोले उनले खासै समयमा स्कुल भर्ना हुन् पाएनन् । घर, गोठको काम र बालापनको खेल्ने कुराले गर्दा पनि उनको उमेर लघभग १०, ११ बर्षको भई सकेको थियो । त्यस पछी पढ्नु पर्छ भन्ने कुरा आए पछी उनी स्कूल जान भनेर तम तयार भए ।
१० बर्षको त्यो उमेरमा उनी कक्षा १ मा भर्ना भए त्यहाँ उनले क र ख रा...मात्र सिक्दै र बुझ्दै थिए । यसै क्रममा ४ महिना बितेको उनलाई पत्तै भएन । घरको आर्थिक अवस्था कमजोर भएकोले उनले अब पढ्न तिर होइन काम गर्नु पर्छ अनि पैसा कमाएर घरमा आमा बुवालाई दिनु पर्छ भन्ने आभास भयो ।
त्यसैले होला उनले आफु भर्ना भएको ४ महिना मै उनले स्कूल अध्ययन गर्न छोडेर उनी कामको लागि भनेर झापा तिर लागे । त्यति खेर उनी ११ वर्षका थिए । यो बि.सं. २०४७ सालको कुरा हो । उनले झापामा २ बर्ष विताए पछी फेरी आफ्नो गाउँ पाँचथर जील्ला फर्के । फेरी गाउँ घरकै काम र व्यस्तताले समय बितेको पत्तै भएँन उनलाई । अब त उनमा जोस र बल शक्ति पनि बढ्दै गयो । के सहि हो, के खराब हो भन्ने कुरा सहजै छुट्ट्याउन सक्ने भएको थिए उनी यती वेला ।
कुरा हो बि.सं. २०५० सालको माओवादी जनयुद्धकाल सुरु भई सकेको थियो । एक घर एक माओवादी भन्ने नाराका साथ प्रत्येक टोल टोलमा सूचनाहरु जारि भई सकेको थियो । उज्जल सुब्बा जवान थिए, खाईलाग्दो उमेर थियो उनको । तर उनलाई युद्धमा जानु भन्दा त बरु अरु कुनै काम गरेर परिवारलाई केही सहयोग गर्न सकेकोभए हुन्थ्यो भन्ने भयो । आफ्नै खुट्टामा कसरी उभिने भन्ने सपना थियो उनमा । त्यसैले होला उनी माओवादी युद्ध तिर नजाने निर्णय लिएर बरु काम नै गरेर खान्छु भनेर त्यही सपनालाई उत्कट ईच्क्षा बनाएर काठमाडौं छिरे ।
१४ बर्षको उमेर, बि.सं. २०५० सालमा उनि काठमाडौं आएर घरेलु उद्मोगको काम गर्न थाले । यसै क्रममा उनले स्वयम्भुस्थित गलैंचा कारखानामा पनि काम गर्न थाले । काठमाडौंको ठाउँ कहिले यता कहिले उता कहिले चाबहिल कहिले जोरपाटी तिर काम गर्दा गर्दै उनी १८ बर्षको भई सकेका थिए । त्यति खेर सम्म उनी गलैंचा कारखानाहरुमै काम गर्थे । बिस्तार बिस्तार उनले काम गरेको कारखानाहरु पनि बन्द हुँदै गयो । अब त उ काम तिर भन्दा पनि अल्लारे साथीहरुको होहल्लामा समय बिताउन पो थाले उनी ।
“दिन भरिको कमाई रातभरीको रमाई” भने झैँ कहीं कतै दैनिक काम गरे बापत आएको पैसा त बेलुका होहल्ला गर्ने साथीहरुसंग बसेर उडाउने गर्न थाले उनले । अब त उनी गाउँदेखि बोकेर ल्याएको ठूलो सपना काठमाडौंको रमझमले बिर्सदै गए । अब त एक्लो जीवन रमाउनु पर्छ भन्ने कुराले उनी दिन दिनै कुलत तिर फस्दै गए । त्यो रमझममा एक दुई बर्ष बितेको उनलाई पत्तै भएन । यसै क्रममा उनी अब सिप सिक्न पर्यो भनेर गाडी तिर खलासीको काम गर्न थाले, २१ बर्षको त्यो उमेर देखि मिनी ट्रकमा ड्राइभर बन्ने सपना बोकेर समान लोड अनलोड गर्ने काम गर्न शुरु गर्न थाले, उनले यो काम २८ बर्षको उमेर सम्म गरे । कहिलेकाही गाडी सिक्न र चलाउन पनि पाईने भएकोले होला यो ठाउँमा चाहिं अलि बढी सम्म टिके उनी । अब त उनलाई घरको याद पनि आउन छोडी सकेको थियो । खाने पिउने मोजमस्तीमा उनको जीवन बित्दै थियो ।
यसै क्रममा उनको जीवनमा एक किसिमको रोग उत्पन्न हुन् थाल्यो । काम्ने अनि बिगतका फाल्टो यादहरुले सताउने जस्ता कुराहरुले उनलाई दिन प्रतिदिन सताउदै गयो । जान्ने झाँक्रीहरुलाई देखाउदा उनलाई देउता लागेको, कुल पितृहरुले सताको छ भनेर भन्थ्यो ।
बैशाख पुर्णि, मङ्सिर पुर्णि र औंशी उनलाई छोप्ने काम्ने र बर्बराउने हुन्थ्यो “मेरो मेरो थाल खोइ सरसमानहरु खोइ” भन्दै धेरै कुराहरु बोल्ने भएको थियो । वरीपरिका मान्छेहरु या उनी संगैको साथीहरुले पागलको संज्ञा दिई सकेको थियो उनलाई त्यती वेला । उनको जीवन अब राम्रो तिर होइन नराम्रो कुरा तिर धकेलिदै थियो । दिन प्रतिदिन यस्तो क्रियाकलाप हुँदा घरबेटीले पनि “कोठा छोडेर अन्तै बस्नु, जति खेर पनि अथवा जुन सुकै बेला पनि यसलाई जे पनि हुन सक्छ यसैले हामी तिम्रो जीम्मा लिन सक्दैनौ” भनेर कोठाबाट उनलाई निकाली दिए घरवेटीले । त्यति खेर ललितपुरको चापागाउँ बस्दै आई रहेको थिए उनी । कति ठाउँमा उनको छाप्रोको बास भयो, भने कति त बेहोसमै हिडे उनी । कोठाबाट निकालेको घरबेटीले भने झैं साँच्चै उनले बेला बेलामा होस् नै गुमाउथे । आफू कहाँ बाट कता जादै छ भन्ने कुरा उनलाई पट्टक्कै थाहा हुदैन थियो । बेहोसको सुरमा धेरै ठाउँ डुलि हिड्थ्यो । बाल्यकालमा सहारा नपाएको कारण केहि दिन सडकमै समय बिताए उनले सडक बालबालिकामा गनिएका उज्जल फेरी जवान अवस्थामा आफ्नो छोप्ने रोगको कारण सडकमा पुगे । सायद धेरै मदिरा सेवन गर्ने भएकोले होला, होस् घुमेको, बेला बेलामा आफु कहाँ छु के गर्दै छु भन्ने कुराचाहिं याद हुदैनथ्यो उनलाई ।
“जीवन सपना हो कि बिपना हो, म ठिक ठाउँमा छु कि छैन, होसमा छु कि बेहोसमा छु” भनेर आफुले आफैलाई ठम्याउँन नसकीरहेको अवस्थामा कुनै एक कुनामा उनी वसी रहेको थिए अहिले सम्म उनी भन्ने गर्छन “यो पागल भयो, अब यो मर्छ, बाँच्दैन भनेको कुराचाहिं अझै सम्म मेरो मानसपटलमा ताजै छ । त्यति मात्र मलाई थाहा थियो अरु त म आफै के गर्दै छु कहाँ छु केहि थाहा थिएन र याद पनि भएन” उनी अर्थात् उज्जल सुब्बाले यो गवाही लेखाउदै गर्दा यी संवाददातालाई सुनाए ।
बि.सं.२०६३ साल अन्तिम महिना तिरको कुरा हो । उनलाई पहिलो चोटी कसैले सुसमाचारको ट्रयाक्स दिएको रहेछ । एक कक्षा पनि पुरा नपढेकोलाई यो सानो पुस्तक खासै पढ्ने मन परेन र आफ्नो लागि खास महत्वको पनि सोचेनन् उनले त्यो पर्चालाई । त्यति खेर उनी अर्को ठाउँमा भाडामा बसेका थिए । फेरी दोस्रो चोटी कसैले उनलाई सुसमाचार ट्रयाक्स दिएको रहेछ । त्यति खेर प्रचारकले भनेको कुरा उनको मस्तिस्कमा यादा आयो “यो पुस्तक लिनुहोस् अनि पढ्नुहोस तर नफाल्नुहोस्, तपाईको शान्तिमय जीवन अब सुरु हुन्छ, बाटो सत्य र अनन्त जीवनको बारेमा यस पुस्तकमा लेखिएको छ पढ्नुहोस है” भनेका रहेछन् ती प्रचारकले । यति मात्र होइन त्यो प्रचारकले मत्तिको पुस्तक ११ अध्यायको २८ देखि ३० पद सम्म पढेर सुनाए । त्यहाँ यसो लेखिएको थियो “हे सबै थाकेका र बोझले दबिएका हो म कहाँ आओ म तिमीहरुलाई बिश्राम दिने छु‘ ।” यहि कुरालाई उनले मनन गरे, यो चोटी भने उनले त्यो ट्रयाक्स नफाली आफ्नो कोठामा लगेर पढे । त्यो प्रचारकले बताएको कुरा उनको मनमा घरि–घरि आई रहेको थियो । “साँच्चै त्यसमा सत्यता छ त ? त्यहाँ आनन्द छ त ? त्यहाँ मैले मेरो यो व्यथाको समाधान पाउछु त ?” भन्ने कुराहरुले उनलाई पिरोल्न थाल्यो । साँच्चै हुन पनि हो, त्यो प्रचारकले फलोअपको लागि आएका रहेछन् , त्यति खेर उनको लागि प्रार्थना गरेको बेला देखि उनलाई छोप्ने ब्यथाले र काम्दै बर– बर बोल्ने कुराले विस्तारै उनलाई छोड्दै गयो । यो कुरा उज्जल आफैले महसुस गर्दै थिए ।
त्यस पछी उनलाई चर्च जाने मन जागेर आयो सो कारणले गर्दा उनी अव जान्ने झाँक्रीकोमा होइन, भट्टी तिर पनि होइन, चर्चतिर जाने निर्णय लिएर ललितपुर चापागाउँस्थित अनुग्रह मण्डलीमा पुगे । त्यति खेर उनी ३० बर्षका थिए । यो बि.सं.२०६४ साल बैसाख २४ गतेको कुरा हो । उनले त्यो दिन पहिलो चोटी चर्चमा पाइला टेके । मण्डली भित्र गाईने भजनगीत र त्यहाँ प्रचार गरेको प्रचारले गर्दा उनलाई अलिकति नौलो पन लागेता पनि मण्डली छुटे पछी ख्रीष्ट बिस्वाशीहरुको वास्ता र प्रेमले अर्को चोटी पनि उनलाई मण्डली जान मन लाग्यो र आफ्नै गाउँ घरको साथीसंगी र परिवार आफन्तको महसुस त्यो संगतिले गराई दियो । उनी लगातार २ हप्ता जति भएको थियो मण्डली गएको । मण्डली भित्र स्तुति प्रसंसा हुदै थियो । त्यति खेर उनलाई कोही कसैले छोएको महसुस भयो त्यस पछी फेरी उनी पहिला जस्तै फलाक्न, बर्बराउन थाले । त्यति नै खेर त्यस मण्डलीको अगुवाले उनको शिरमा हात राखेर प्रार्थना गरि दिदै गर्दा जीवित शक्तिका परमेश्वरले छोएको महसुस उनले गरे । त्यति खेर देखि उनको शरिरबाट ती सबै दुष्टका कुराहरुबाट छुटकारा पाए । ०६४ साल जेठ ११ गते उनले बोकेर थाकेको अनि बोक्ने नसकेको त्यो भारि सधैका लागि बिसाएको महसुस पनि गरे । उनी भन्छन “मैले नबिर्सने दिन हो त्यो दिन, ८० केजीको गरौँ भारिबााट हटेको महसुस गरें, अनी त्यहि दिन देखि मलाई होसै उडाउने पुर्णि र औंशीमा छोप्ने पिरोल्ने दुष्ट आत्माहरुले पिरोल्न छोड्यो ।” त्यहि दिन अर्थात् जेठ ११ गते नै उनले ख्रीष्ट येशूलाई आफ्नो जीवनमा “ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ” भनेर ग्रहण गरे । त्यस बेलादेखि उनलाई निरन्तर चर्च जाने मन जागेर आयो । शनिबार कहिले आउछ र चर्च जान पाउ भन्ने कुराले उनलाई उत्सुक बनाई रहन्थ्यो । भोलि त शनिबार चर्च जानु पर्छ भनेर शुक्रबार नै तयारी अवस्थामा रहन्थे उज्जल हरेक हप्ता । त्यस लगत्तै उनको ०६४ साल साउन १४ गते पानीको बप्तिस्मा भयो भने भदौ ८ गतेका दिनमा कुन्ता राईसंग पवित्र बिवाहमा बाधिए उज्जल सुब्बा ।
वास्तममा उनलाई सुरुमा सुसमाचार सुनाएर मण्डली लाने र नबुझेको कुरा बुझाउनेचाहिं उनकी श्रीमती कुन्ता राई नै थिइन । पछि उनी सुब्बाको श्रीमती भईन ।
उनले नै बिवाहको लागि प्रस्ताव राखेकी थिइन्, हर दुःख सुखमा साथ् दिन्छु भनेर । नभन्दै अहिलेको यो परिस्थिति सम्मै कुन्ता राईले उज्वलको सबै कार्यहरुमा र संगतिहरुमा साथ दिइ रहेकी छिन । उता गाउँमा उनको आमाले संसार छोडेको कुरा पनि थाहा पाएन, पछी ख्रीष्टियन भएर राम्रोसंग होस् आए पछी मात्र थाहा भयो उनलाई यो कुरा । पछी ०६५ सालमा बुवाले पनि संसारमा छोडेर गए । यहि साल ०६५ असार १३ गते जेठी छोरी करुणाको जन्म भयो भने ०६८ भदौ ४ गते कान्छी छोरी अपर्णाको जन्म भयो । ०६७ साल असोज १७ गते ३ महिने बाइबल अध्ययन तालिम केन्द्रमा भाग लिएका थिए । त्यस पछी उनले झन् परमेश्वरको वचनलाई अझै नजिकबाट नियाल्न सके । अब उनको मनमा यी कुराहरु खेल्न थाल्यो “म मात्र बाँचेर हुँदैन, अब म जस्तै पापमा रुमलीरहेका र पापको बोझले दबिएर बसेकाहरुको लागि म अगाडि बढ्नु पर्छ, मैले ख्रीष्टको असल सु–समाचारलाई सबै समक्ष पुर्याउनु पर्छ” यस्ता धेरै कुराहरु सोचेर त्यस बाइबल अध्ययन तालिम केन्द्रमा सिकेका धेरै कुरा अरुलाई पनि सुनाउने र सिकाउने हेतुले अगाडि बढ्न थाले ।
उज्जवल सुब्बाको अब प्रचार यात्रा सुरु भयो । उनले हरि पुलामीलाई सुसमाचार सुनाएर ख्रीष्टमा डोर्याए, त्यस पछी ख्रीष्टियन बिधि अनुसार उनले हरि पुलामीलाई पानीको बप्तिस्मा पनि दिए । हो यसै गरि बि.सं. २०६७ साल माघ २२ गते हरि पुलामी कै सहायतामा दक्षिण ललितपुरस्थित इकडोलमा सुसमाचार सुनाउन पुगे उज्वल सुब्बा । निरन्तर त्यो गाउँ टोलहरुमा दुवै जना मिलेर उपवास सहित प्रचार गर्न थाले । त्यहाँ गएको एक महिना पछाडी पक्षघात रोगले ग्रसित डम्बर कुमारी दर्लामीको घरमा प्रचार गर्न पुगे उज्जवल । यदि डम्बर कुमारी निको भयो भने पूरा परिवारले नै ख्रीष्ट येशूलाई बिश्वास गर्ने निर्णय गरे, नभन्दै साँच्चैको अचम्मको काम भयो । डम्बर कुमारी त्यो दिन देखि निको हुन थालिन यसैले उनको परिवारले ख्रीष्टमा घुडा टेके । त्यो ठाउँको प्रचार यात्रामा पहिलो चोटी परिवार बाँचेको डम्बर कुमारी परिवार नै हो । त्यस पछि त्यहीं मण्डली हुनु पर्छ भन्ने कुरा भए पछि त्यहीं संगतिको लागि पहल गरियो । गोठबाट संगतिको यात्रा सुरु गरियो । केहि महिना पछाडि ख्रीष्ट बिरोधिहरुले त्यो गोठ पनि जलाई दिएको थियो उनको । यति मात्र होइन यो गोठ जलाएको आरोप उज्वललाई नै लगाईदिए तर त्यो सत्य साबित भएँन किनकि त्यति खेर उनी त्यो गाउँमा थिएनन् । उनलाई इकडोलको झोलुंगे पुलबाट मारेर फाल्ने योजना सहित केही बैरीहरुले योजना बनाएका थिए । त्यो योजना पनि परमेश्वरले बिफल बनाई दिनुभयो ।
यसैगरि नै ०६८ मा त्यहि जलेको गोठमा संगति सुरु गर्छु भनेर उज्वल र उनको श्रीमती दुई छोरी सहित ललितपुरको इकडोल भन्ने ठाउँमा गए । आशा मण्डली इकडोल भनेर संगति सुरु गर्न थाले, सतावटको बर्षा पनि हुन् थाल्यो तर ख्रीष्टको काम भने रोक्किएन । सेवकाइकै दौरानमा मण्डली बाहिरबाट सतावट आउनु त ठिकै हो । किनकि उनीहरुले ख्रीष्टको बारेमा राम्रो संग बुझेका हुदैनन् । तर उनलाई यस्तो झटारो या सतावट आई पर्यो कि त्यहीं स्थापना गरेको मण्डली भित्रैबाट यस्तो सतावट आयो कि उज्जवल सुब्बा र उनको परिवारले मण्डली छोड्न पर्ने स्थिति सृजना भयो ।
मण्डली भित्रैबाट यस्तो आवाज उठेको थियो कि “तिमी त पाँचथरको मान्छे उतै गएर सेवाकाई सुरु गर, यहाँ हाम्रो एरियामा नबस‘ हामी गर्छौं संगति यहाँ‘ आदि इत्यादि धेरै कुरा भए । यहि कुरालाई लिएर पास्टर उज्वल त्यहाँ बाट आँखा भरि आँशु बोकेर निस्के तर केहि घण्टामै त्यहि मण्डलीको एक सदस्यले तपाई किन “जानु हुन्छ ? फर्कनुहोस् उनीहरुले भनेर हुन्छ ? हामी छौं । आफ्नो गाउँ, आफन्त परिवार छोडेर यो बिरानो हाम्रो ठाउँमा आएर ख्रीष्टको लागि भनेर संगति सुरु गर्नुभयो ख्रीष्टमा हामीलाई बचाउन । तपाईमा न कुनै लोभ छ, न कुनै स्वार्थ,‘ त्यो त हामीलाई थाहा छ त्यसैले फर्कनुहोस् बिन्ति छ‘ ।” मण्डलीको एक सदस्यले यसो भनेको कुरा काट्न नसकेर फेरी उनी त्यहि ठाउँमा गएर संगतिमा निरन्तरता दिन थाले । पवित्र जनहरुको बिरुद्धमा नबोल्नु भन्ने सुनेको थिएँ । त्यस्तै घटना घट्यो केहि बर्षमा उज्वललाई त्यस मण्डलीबाट निकाल्ने व्यक्ति दुई नम्बरको काममा परेर जेल जान पर्यो । यति मात्र भएन उनीहरुको परिवारका सदस्यहरुले ठूलो समस्यदा झेल्नुपरयो । तर उज्जवलले उनको परिवारको लागि प्रार्थनामा सम्झन्थे सत्य बाटोमा हिड्न सकेको होस् भनेर ।
यसरि नै एक दिन बि.सं. २०७५ सालमा पूर्ण रुपमा पास्टर अभिषेक भए उज्जवल सुब्बा । बाइबल कलेजमा बाइबल अध्ययन संगै उनले आफ्नो मण्डलीमा समय दिन्थे । पाँचथरमा जन्मेका र बाल्य अवस्था त्यहीं हुर्केका उज्वल ललितपुरस्थित इकडोलमा आशा मण्डलीको स्थापना गरि त्यहीं पास्टरिय सेवकाइ गर्दै छन् । यसरि नै अहिले सम्म उनी सुसमाचारको सिलसिलामा चेलापनको तालिम दिदै १० ओटा जिल्लामा पुगी सकेको छ । उनी कुनै दिन एक सडक बालक र पागल थिए उनी । तर पछि येशूमा विश्वास गरेपछि उनको परिचय वदलिएको छ, हाल उनी एक इसाई धर्मगुरु भएर सत्य शान्तिको बाटो र अशल अनी अनन्त जीवनको संदेश दिदैं उकाली ओराली रात दिन भोक प्यास नभनी परमेश्वरको सेवामा लागि परेका छन् । उनको परिचय अब पास्टरको छ । उनको हातमा अहिले बाइबल छ । प्रभुको सेवामा रातदिन अझै पनि हिड्दै छन् ।
अब तपाई हामी के गर्ने, हामी पनि आ–आफ्नो ठाउँबाट अगाडि बढ्नु पर्छ । असल कुरा बाँड्न सुसमाचार सुनाउन छोड्नु हुन्न । तपाई र हामीले बाड्ने ख्रीष्टको प्रचारले पास्टर उज्जवल जस्ता धेरै व्यक्तिहरु यो देशमा जन्मन सक्छन । यसले के गर्छ र भनेर हेप्ने होइन बरु सक्छौं साथ् दिउँ र असल बाटोमा लाग्न प्रेरणा दिउ । येशूको सुुमाचार प्रचार गर्र्न र मानिसहरुलाई चेलापनमा हुर्काउन नथाकौ । परमेश्वरको महान आज्ञा पूरा गर्नमा नथाकौ र ढिला नगरौ ।

.jpeg)
.jpeg)








(1).jpeg)
.jpeg)
.jpeg)
प्रतिकृया दिनुहोस