पोखरामा शान्ति पदयात्रासहित इस्टर महोत्सव सम्पन्न

२६ चैत्र ०७९ । कास्की, पोखरा । शान्ती पदयात्रासहित पोखरामा इस्टर महोत्सव सम्पन्न भएको छ । 
आयोजकका अनुसार पोखरा महानगरपालिकाका एकसय विस चर्चबाट चार हजार वढि सदस्यहरु संयुक्तरुपमा सहभागी भएर शनिवार इस्टर महोत्सवमा सहभागी भएर मनाएका छन् । 


पोखराको मानवअधिकार चोक चिप्लेढुङ्गाबाट लिएर नयाँबजार, साथै अमरसिँहचोकबाट लिएर नयाँबजार सम्म शान्ति ¥याली पुगेको थियो । कास्की जिल्लाका विभिन्न चर्च विशेष गरेर पोखरा नगरपालिकाका चर्चहरु मिलेर गरिएको उक्त ¥यालीमा विभिन्न चर्चहरुबाट आ–आफ्नो चर्चको व्यानर, शान्तीका सन्देश बोकेका प्लेकार्डहरु बोकेर मानिसहरु अगाडी बढेका थिए । 


शान्ति ¥यालीमा बालबालिकाहरु, जवानहरु, बुढापाका, दिदीबहिनीहरु गित संगितको धुनमा रमाएर, गीत गाउँदै, नाँच्दै हिडिँरहेका थिए । नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा पुगेर ¥याली समापन समारोहमा सहभागि भयो । समापन कार्यक्रममा पोखरेली ख्रीष्टिय युवा संगतिका सचिव दिपेन गुरुङले आराधना तथा गीतहरुमा अगुवाई गर्नुभएको थियो । 


ग्रामिण इसाई एकता समाज, लेखनाथ ख्रीष्टियान सोसाइटीका युवाहरुले नृत्य प्रस्तुत गरेका थिए भने, बरिष्ठ गायिका शलोमी तिमोथी र सुबास मसिहीले गीत प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका सभासद गणेशमान गुरुङ, अतिथीमा सभासद नन्दकला नेपाली, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. हरिराम घिमिरे, लेखनाथ ख्रीष्टियान सोसाइटीका अध्यक्ष प्रमोद शर्मा, ग्रामीण ईसाइ एकता समाजका अध्यक्ष पा.चित्र तामाङ, समाजसेवी सन्जय अधिकारी, नेपाल बुद्धिजिबि परिषदका केन्द्रिय सदस्य साथै समाजसेवी गणेश पाख्रीन, पोखरेली ख्रीष्टिय आमा दिदी प्रार्थना संगतिकी अध्यक्ष मार्था गुरुङ, पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष सुबास मसिही हुनुहुन्थ्यो भने प्रमुख वक्ता नयाँगाउँ चर्चका पाष्टर तथा पोखरेली ख्रीष्टिय समुदायका सल्लहाकार ग्रिष्म केशव पराजुली हुनुहुन्थ्यो ।वचनबाट बोल्दै पा.ग्रिष्म पराजुलीले येशू ख्रीष्टनै बाटो सत्य र जीवन, पुनरुत्थान र जीवन भएको घोषणा गर्नुभयो ।


विशेष मन्तव्य राख्दै प्रमुख अतिथि गणेशमान गुरुङले नेपालको कानुनमा सबै धर्मावलम्बीलाई बराबर अधिकार भएको र आफु सँधै इसईहरुको साथमा भएको कुरा गर्नुभयो । 
कार्यक्रममा स्वागत मन्तव्य पा. हरिराम घिमिरेले राख्नुभएको थियो भने पा.प्रमोद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । 


सुरुको प्रार्थनामा अगुवाइ पास्टर चित्र तामाङले गर्नुभएको थियो । कार्यक्रमको सन्चालन असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजु अधिकारीले गर्नुभएको थियो । सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष तथा ¥यालीका संयोजक, मारानाथा चर्चका पाष्टर तथा पोखरेली ख्रीष्टिय समुदायका महासचिव पा.कालु तामाङले कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस