क्वाइनोनिया चर्चका तीन जना पास्टरमा अभिषेक

पास्टर अभिषेकको लागि प्रार्थनामा अगुवाई गर्नुहुँदै रेभ.पा.डा. मंगलमान महर्जन

१ बैशाख ०८० । ललितपुर । नेपाली भित्ते पात्रो अनुसार नयाँ वर्ष २०८० को पहिलो दिन क्वाइनोनिया पाटन चर्चका तीन जना अगुवाहरुलाई पास्टरमा अभिषेक गरिएको छ ।

शुक्रबार पाटन स्थित क्वाइनिया पाटन मण्डलीमा आयोजित एक समारोहमा तीन जना अगुवाहरुलाई सोही चर्चका वरिष्ठ पास्टर मंगलमान महर्जनले प्रार्थना गरेर पास्टर अभिषेक गर्नु भएको हो । पास्टरमा अभिषेक पाउनेहरुमा किशोर महर्जन, श्याम महर्जन र पुष्प माली छन् । 

क्वाइनोनिया पाटन मण्डलीका लागि किशोर महर्जन, क्वाइनोनिया धापाखेल मण्डलीका लागि श्याम महर्जन र क्वाइनोनिया न्यौपाने गाउँ मण्डलीको लागि पुष्प मालीलाई जिम्मेवारी दिइएको हो ।

क्वाइनोनिया पाटन मण्डलीका लागि पास्टरमा अभिषेक गरिएकोकिशोर महर्जन सहायक पास्टरको रुपमा नभई पाटन मण्डलीका लागि  मुख्य पास्टरकै भूमिकामा रहने कुरा रेभ. पास्टर डा. मंगलमान महर्जनले तुरही न्यूजलाई बताउनु भयो । 

क्वाइनोनिया चर्चमा नयाँ पुस्ताकाहरुलाई पास्टरमा अभिषेक भएकोमा गर्व अनुभुती भएको कुरा रेभ पास्टर डा.मंगलमान महर्जनले तुरही न्यूजसँगको प्रतिक्रिया दिनुभयो । उहाँले नयाँ पुस्तालाई पास्टरको जिम्मेवारीमा ल्याउनु आजको आवश्यक्ता भएको औंल्याउनु भयो ।

अभिषिक्त तिनै पास्टरहरुले आफ्नो सम्पूर्ण जीवन परमेश्वरको सेवकाइको लागि अर्पण गरेर यसैले परमेश्वरको आज्ञामा रही र बाइबलको सहि शिक्षालाई पालन गर्दै गराउदै, मण्डलीको नियममा रही मण्डलीका आफू भन्दा अग्रज पास्टरहरुको सरसल्लाहमा अगाडि बढ्ने र प्रार्थनासहित पाइला अगाडि सार्ने  कुरा कार्यक्रमको अन्तिममा तूराही न्यूजसँग बताउनु भयो । 


 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस